१३ माघ २०८२, मंगलबार | January 27, 2026

पूर्वसैनिक स्वास्थ्यकर्मीलाई सेवामा तयार रहन निर्देशन



काठमाडौं । नेपाली सेनाले अवकाश प्राप्त सैनिक स्वास्थ्यकर्मीलाई ‘राष्ट्रलाई आवश्यक परेको बखत सेवामा फर्काउने’ भन्दै तयार रहन निर्देशन दिएको छ ।

प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा बुधबार बसेको विशेष बैठकले २०७२ सालपछाडि स्वास्थ्य सेवाबाट अवकाश प्राप्त स्वास्थ्यकर्मीलाई आवश्यक परेका बेला बोलाउन सकिने निर्णय गरेको हो ।

पछिल्लो समय कोरोना संक्रमित संख्या अत्यधिक वृद्धि हुन थालेपछि सेनाको जिम्मेवारीसमेत बढेको छ । सातै प्रदेशका पृतना मातहत र उपत्यका पृतनाबाट संक्रमितको उपचार गर्न भन्दै अस्थायी अस्पताल योजनासमेत बनाइएको छ ।

सेनाले हाल कोरोना संक्रमणबाट निधन भएकाको शव व्यवस्थापन गर्दै आएको छ । उसले कोरोना महामारी नियन्त्रण तथा रोकथाममा थप भूमिका पूर्वानुमान, विभिन्न योजना तर्जुमा तथा आवश्यक तयारी गरिरहेको छ । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहिबार  ६ : ३६ बजे

पेट्रोलियम पदार्थ आयात निरन्तर उकालो

वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा रु

‘ब्लु हिल’मा पर्यटकीय पूर्वाधार निर्माण गरिँदै

गलकोट । बागलुङ नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको बागलुङ नगरपालिका-९

देशभरका नौ जिल्ला डढेलोको उच्च जोखिममा

काठमाडौं । देशका विभिन्न नौ जिल्ला वन डढेलोको उच्च जोखिममा

चुनावी खाता खोल्ने प्रबन्ध मिलाउन राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्वाचन प्रयोजनका लागि बैंक खाता

पाल्पामा छ महिनामा थपिए सात कुष्ठरोगी

तानसेन । पछिल्लो छ महिनामा पाल्पामा सात जना नयाँ कुष्ठरोगी