८ चैत्र २०८२, आइतबार | March 23, 2026

कर्णाली करिडोर : सेनाले समयमै बनायो सडक



काठमाडौं । नेपाली सेनाको विकास निर्माण दलले कर्णाली करिडोरअन्तर्गत हुम्ला खण्डको निर्माण कार्य निर्धारित समयमै सम्पन्न गरेको छ । करिडोरको हुम्ला खण्डअन्तर्गत ३९ किलोमिटर सडकको प्रारम्भिक कार्य प्रतिकूल समयमा पनि सेनाले समयमै सम्पन्न गरेको हो ।

कर्णाली करिडोरको हुम्ला खण्डको कवाडीदेखि सलीसल्लासम्म नेपाली सेनाले सडक निर्माणको कार्य सम्पन्न गरेको अदानचुली गाउँपालिकाका अध्यक्ष दलबहादुर फडेराले बताए ।

सेनाले सडक निर्माण कार्य सम्पन्न गरेको क्षेत्र मध्यकवाडीदेखि बालुकुनासम्मको २७ किलोमिटर क्षेत्रमा यसअघि नै यातायात सञ्चालनमा रहेको भए पनि अहिले निर्माण कार्य सम्पन्न भएको बालुकुनाबाट सलीसल्लासम्मको १२ किलोमिटर सडकमा भने सेनाबाहेक अन्य सार्वजनिक यातायात सञ्चालनमा अनुमति नदिएको उनले स्पष्ट पारे ।

हुम्ला खण्डमा जिम्मेवारी पाएपछि २०७५ साल जेठमा काम सुरु गरेको नेपाली सेनाले २०७८ वैशाखमा सडक निर्माणको प्रारम्भिक कार्य सम्पन्न गरेको नेपाली सेनाको खुलालु-लैफु-कवाडी हुँदै सलीसल्ला खण्डको विकास निर्माण दलका योजना प्रमुख मिलन कार्कीले जानकारी दिए । तीन वर्ष नपुग्दै हुम्ला खण्डको ३९ किलोमिटर सडकको निर्माण कार्य सम्पन्न गर्न सेना सफल भएको उनले बताए ।

कडा चट्टानी क्षेत्रमा सेनाले मेसिन, विस्फोट र कामदारबाट एकसाथ काम सुचारु गर्दै आएको थियो । अब उक्त खण्डको एक हजार घनमिटर क्षेत्रमा मात्र पर्खाल लगाउने र ग्याबियन भर्ने कार्य बाँकी रहेको र त्यो पनि नेपाली सेना र स्थानीय कामदारले काम गरिरहेको उनले बताए । उक्त समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहिबार  ७ : २१ बजे

ज्येष्ठ सदस्य केसीले राष्ट्रपति समक्ष शपथ लिने

काठमाडौंँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेल

प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति

नाइट फुटबलको उपाधि ब्रोदर्स एफसीलाई

खजुरा । बाँकेको खजुरामा सम्पन्न नाइट फुटबलको उपाधि आयोजक टिम

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो

काठमाडौँ । राष्ट्रिय किताबखानाले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत

कांग्रेस सभापति थापाले पदबाट दिएको राजीनामा केन्द्रीय समितिबाट अस्वीकृत

काठमाडौं । गगन थापाले पदबाट दिएको राजीनामा नेपाली कांग्रेसको केन्द्रीय