१३ माघ २०८२, मंगलबार | January 27, 2026

यार्सागुम्बा टिप्न गएका १७ वर्षीय युवाको लेक लागेर मृत्यु



जाजरकोट । यार्सागुम्बा संकलनका लागि डोल्पाको जगदुल्ला पाटन पुगेका जुम्ला गुठीचौर गाउँपालिका-३ गज्र्याङकोटका १७ वर्षीय सुमन रावलको मृत्यु भएको छ ।

लेक लागेर बिरामी भएका रावललको काइगाउँ स्वास्थ्य चौकीमा ल्याएर उपचार गर्दैगर्दा मृत्यु भएको डोल्पाका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

त्यस्तै यार्सागुम्बा संकलन गर्न पाटन पुगेका चार जनालाई शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जले पक्राउ गरी हिरासतमा राखेको छ । लुकीछिपी पाटन गएर यार्सागुम्बा सङ्कलन गर्न लागेको पुगेको खबर प्राप्त भएपछि निकुञ्जको गस्ती टोली त्रिपुरासुन्दरी नगरपालिकाको भोक्पा र भान्का पाटन पुगेको थियो ।

भागेर छल नजिक पुगेको अवस्थामा पक्राउ गरिएको निकुञ्जका निमित्त संरक्षण अधिकृत गोपाल खनालले जानकारी दिए। पक्राउ पर्नेहरु सबै जुम्लाका रहेका छन ।

जगदुल्ला क्षेत्रतिर पनि पाटन जान खोज्नेहरुलाई मध्यवर्ती समितिले बाटोमा रोकेको सुनिएको र विस्तृत जानकारी प्राप्त नभएको निकुञ्जको भनाइ छ । रासस

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहिबार  ७ : ३३ बजे

रसुवा भन्सार कार्यालयद्वारा एक अर्ब १६ करोड राजस्व सङ्कलन

रसुवा । रसुवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा

पार्टीका उम्मेदवारलाई जिताउन जिल्ला सभापतिहरूलाई कांग्रेसको परिपत्र

काठमाडौं । नेपाली कांग्रेसले फागुन २१ गते हुने निर्वाचनमा पार्टीलाई

सिङ्गा तातोपानीमा बजार संरक्षण योजना कार्यान्वयनमा

म्याग्दी । म्याग्दी नदीको कटान र बाढीको जोखिममा रहेको बेनी

पेट्रोलियम पदार्थ आयात निरन्तर उकालो

वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा रु

‘ब्लु हिल’मा पर्यटकीय पूर्वाधार निर्माण गरिँदै

गलकोट । बागलुङ नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको बागलुङ नगरपालिका-९