११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

पोखराको बसभाडा ३५०० र बुटवलको बसभाडा ४००० असुल्ने यातायात कर्मचारी पक्राउ



काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुसँग बढि भाडा लिने तिन जनालाई गंगबु बसपार्क आसपासबाट पक्राउ गरेको छ ।

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागी जारी भएको निषेधाज्ञामा मौकाको फाइदा लिन खोज्ने पोखरा माईक्रो र बुटवल भैरहवा काउण्टरको कर्मचारीलाई आज बसपार्कबाट नियन्त्रणमा लिएको हो ।

काठमाण्डौं देखि पोखरासम्मको नियमित साधारण बसभाडा ५०० र बुटवलसम्म एसी बसको बस भाडा १२०० तोकिएकोमा पाँच सय प्रतिशतसम्म बढि भाडा लिएको कसुरमा तिनजनालाई पक्राउ गरिएको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए । उनले पोखरा जाने यात्रुसँग ३५०० र बुटवल जाने यात्रुबाट जनही ६००० का दरले भाडा लिन क्रममा ३ जनालाई पक्राउ गरिएको बताए ।

उपत्यका छाडी आफ्नो घर फर्किन खोज्ने यात्रुहरुलाई ग १ ख ९६२१ मार्फत पोखरा र बा ४ ख ५१९७ नम्बरको बस मार्फत बुटवल जाने यात्रुहरुबाट बढि भाडा असुलेको हो ।

पक्राउ पर्नेमा पोखरा माईक्रोमा काम गर्ने पोखरा(३३ घर भइ काठमाण्डौं बस्दै आएका बन्दराज पराजुली र रतुवामाई ९-मोरङ्ग घर भई नेपालटार बस्ने नबीन पौडेल साथै बुटवल भैरहवा काउण्टरमा काम गर्ने धादिङ् थाक्रे-७ का रंजित सिलवाल रहेको महाशाखाले जनाएको छ ।

ट्राफिक प्रहरी महाशाखाले यस्तो बिषम परिस्थितिमा हुन सक्ने यात्रु ठगी तथा आइपर्न सक्ने यातायात सम्बन्धि समस्या अनुगमनको लागी सादा पोशाकमा बिशेष टोली परिचालन गरेको जनाएको छ । टोलीले आफै यात्रु बनेर भाडा मोलमोलाई गर्ने र बढि भाडा लिन खोज्नेलाई निग्रानीमा राखि नियन्त्रण गर्ने गरेको छ ।

यस अघि यात्रुसँग बढि भाडा लिने बाग्लुङ्ग भगवती काउण्टरका कर्मचारी मिलन सारुलाई महाशाखाले पक्राउ गरेको थियो । पक्राउ परेका तिनै जनालाई आबश्यक कारबाहीको लागी महानगरीय प्रहरी प्रभाग, बसपार्कमा बुझाएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहिबार  ६ : ०६ बजे

यार्चागुम्बा सङ्कलन गर्न १३८ जनाले लिए अनुमतिपत्र

दार्चुला । दार्चुलाको हिमाली क्षेत्रमा पाइने बहुमूल्य जुडिबुटी यार्चागुम्बा सङ्कलनका

मणिमुकुन्द सेन पार्कमा ठडियो बिसे नगर्चीको सालिक

बुटवल । बुटवल – २ फुलबारीस्थित मणिमुकुन्द सेन पार्कमा बडामहाराज

सर्वोच्चको आदेश : ‘देउवा दम्पत्तिलाई पक्राउ नगर्नु’

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर

शिक्षामन्त्री पोखरेलसँग राजदूतहरुको शिष्टाचार भेट

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग युरोपेली सङ्घ (इयू)

क्यानद्वारा खेलाडी वर्गीकरण सार्वजनिक – रोहित, दीपेन्द्र, सन्दीप ‘ए प्लस’मा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ का लागि