२१ श्रावण २०८३, बिहिबार | August 6, 2026

पत्रकारहरुका लागि प्रेस चौतारी रुपन्दहीद्धारा स्वास्थ्य सामग्री वितरण



बुटवल । प्रेस चौतारी रुपन्देहीले आफ्ना सदस्यहरुका लागि मास्क तथा सेनिटाइजर वितरण गरेको छ ।

समाचार संकलनमा खटिएका प्रेस चौतारीका सदस्यहरुलाई स्वास्थ्य सामग्री वितरण गर्ने कार्यक्रम अन्तरगत दोश्रो चरणमा सैनामैना नगर क्षेत्रमा खटिएका पत्रकार तथा सञ्चारकर्मिहरुलाइ मास्क सेनिटाईजर लगायतका स्वास्थ्य सामाग्री वितरण गरेको हो ।

सोही अभियान अन्तरगत बुधवार भैरहवा क्षेत्रमा कार्यरत प्रेस चौतारीका सदस्य पत्रकारहरुका लागि मास्क लगायतका स्वास्थ्य सामाग्री वितरण गरिएको थियो ।

प्रेस चौतारी नेपाल रुपन्देहीले जिल्लाका सबै पालिकामा रहेर समाचार संकलन गरि रहेका पत्रकारहरुलाई मास्क सेनिटाईजर लगायतका स्वास्थ्य सामग्री उपलब्ध गराउने कार्यक्रम रहेको प्रेस चौतारी रुपन्देहीका अध्यक्ष अमृत गिरिले बताए ।

हामीले बुधवार र बिहिवार गरेर भैरहवा क्षेत्र र सैनामैना क्षेत्रका सदस्यहरुलाई उपलब्ध गरायौं शुक्रबार देवदह र तिलोत्तमा क्षेत्रका चौतारी आवद्ध पत्रकारहरुलाई वितरण गरिने छ । त्यसपछि मात्रै बुटवलका सदस्यहरुलाइ वितरण गरीने छ । गिरीले भने ।

प्रेस चौतारीले सम्पुर्ण सन्चारकर्मीहरुलाई सकेसम्म घरमै बसेर वैकल्पिक उपायको खोजि गरी फोन र इमेलका माध्यमबाट समाचार संकलन गर्न र फिल्डमै जान परे अत्यन्त सावधानिका साथ स्वास्थ्य सामग्रीहरुको प्रयोग गरेर मात्र जानका लागि समेत आग्रह गरेको छ ।

चौतारीले आम सबर्वसाधारणलाई समेत कोभिड-१९ को बढदो जोखिमबाट बच्नका लागि संघिय सरकार र स्थानिय सरकारहरुले जारी गरेको निर्देशिका र निषेधाज्ञाको पालना गरेर सुरक्षित साथ घरमै बस्न आग्रह गरेको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहिबार  ८ : ४० बजे

करदाता प्रोत्साहन कार्यक्रमः शुक्रबार उपहार घोषणा गरिने

काठमाडौँ । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमको सम्पूर्ण

लक्षित वर्गका बिरामीलाई निःशुल्क उपचार गर्न ‘फोकल पर्सन’

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले लक्षित वर्गका नागरिकलाई

पच्चीस वर्षपछि यसरी नाफामा फर्कियो नेपाल औषधि लिमिटेड

काठमाडौं । एकदशक अगाडिसम्म कर्मचारीको तलब दिन नसक्ने अवस्थामा पुगेको

भारतमा मुख्यधारका सञ्चारमाध्यमप्रति अविश्वास बढ्दो

नयाँदिल्ली । भारतमा गत महिना भएको युवा नेतृत्वको विरोध प्रदर्शनले

देउवा साउन २६ मा स्वदेश फर्किने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साउन