४ बैशाख २०८१, मंगलबार | April 16, 2024

पत्रकारहरुका लागि प्रेस चौतारी रुपन्दहीद्धारा स्वास्थ्य सामग्री वितरण



बुटवल । प्रेस चौतारी रुपन्देहीले आफ्ना सदस्यहरुका लागि मास्क तथा सेनिटाइजर वितरण गरेको छ ।

समाचार संकलनमा खटिएका प्रेस चौतारीका सदस्यहरुलाई स्वास्थ्य सामग्री वितरण गर्ने कार्यक्रम अन्तरगत दोश्रो चरणमा सैनामैना नगर क्षेत्रमा खटिएका पत्रकार तथा सञ्चारकर्मिहरुलाइ मास्क सेनिटाईजर लगायतका स्वास्थ्य सामाग्री वितरण गरेको हो ।

सोही अभियान अन्तरगत बुधवार भैरहवा क्षेत्रमा कार्यरत प्रेस चौतारीका सदस्य पत्रकारहरुका लागि मास्क लगायतका स्वास्थ्य सामाग्री वितरण गरिएको थियो ।

प्रेस चौतारी नेपाल रुपन्देहीले जिल्लाका सबै पालिकामा रहेर समाचार संकलन गरि रहेका पत्रकारहरुलाई मास्क सेनिटाईजर लगायतका स्वास्थ्य सामग्री उपलब्ध गराउने कार्यक्रम रहेको प्रेस चौतारी रुपन्देहीका अध्यक्ष अमृत गिरिले बताए ।

हामीले बुधवार र बिहिवार गरेर भैरहवा क्षेत्र र सैनामैना क्षेत्रका सदस्यहरुलाई उपलब्ध गरायौं शुक्रबार देवदह र तिलोत्तमा क्षेत्रका चौतारी आवद्ध पत्रकारहरुलाई वितरण गरिने छ । त्यसपछि मात्रै बुटवलका सदस्यहरुलाइ वितरण गरीने छ । गिरीले भने ।

प्रेस चौतारीले सम्पुर्ण सन्चारकर्मीहरुलाई सकेसम्म घरमै बसेर वैकल्पिक उपायको खोजि गरी फोन र इमेलका माध्यमबाट समाचार संकलन गर्न र फिल्डमै जान परे अत्यन्त सावधानिका साथ स्वास्थ्य सामग्रीहरुको प्रयोग गरेर मात्र जानका लागि समेत आग्रह गरेको छ ।

चौतारीले आम सबर्वसाधारणलाई समेत कोभिड-१९ को बढदो जोखिमबाट बच्नका लागि संघिय सरकार र स्थानिय सरकारहरुले जारी गरेको निर्देशिका र निषेधाज्ञाको पालना गरेर सुरक्षित साथ घरमै बस्न आग्रह गरेको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहिबार  ८ : ४० बजे

सुदूरपश्चिमको मुख्यमन्त्रीमा दुवै प्रस्ताव अस्वीकार, दुई दिनभित्र फेरी दाबी गर्न आव्हान

धनगढी । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखले दुई दिनभित्र मुख्यमन्त्रीका लागि

२३ किलो चरेस सहित रुकुमका बमबहादुर पुन बर्दियाबाट पक्राउ

बर्दिया । बर्दियाको फुटाहा स्थित नेपाल भारत सीमाको दशगजा नजिकैबाट

आजबाट भैरहवामा माछापुच्छ्रे बैंकले आफ्नै भवनबाट सेवा प्रबाह

बुटवल । माछापुच्छ्रे बैंकले रुपन्देहीको भैरहवामा आफ्नै भवनबाट सेवा दिन

स्काइवाक टावरको टिकट खरिदमा प्रभु बैंक लिमिटेडका ग्राहकहरुलाई बिशेष छुट

काठमाण्डौ । प्रभु बैंक लिमिटेडका ग्राहकहरूले स्काइवाक टावरको अवलोकन भ्रमण

२ सय ७२ किलो गाँजासहित कन्टेनर र चालक नियन्त्रणमा

बुटवल । सशस्त्र प्रहरीले २७२ किलो गाजासहित ट्रक र चालकलाई