१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई ग्लोबल आइएमई बैंकद्वारा एक करोड सहयोग



काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई एक करोड रुपैयाँआर्थिक सहयोग प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त चाइल्ड हेल्थ इन्स्टिच्युटअन्तर्गत रहने बाल अस्पतालको भवन निर्माणका लागि उक्त सहयोग प्रदान गरेको हो ।

शुक्रबार बैंकमा आयोजित एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका संस्थापक अध्यक्ष प्रा.डा. भगवान कोइरालाबीच आर्थिक सहयोग प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

ग्लोबल आइएमई बैंकले आफ्नो स्थापनादेखि नै सामाजिक हितका कार्यलाई विशेष जोड दिएर अगाडि बढेको बताउँदै बैंकका प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले समाजपयोगी यस कार्यमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थसँग सहकार्य गर्न पाउँदा अत्यन्तै खुशी लागेको बताए । उनले कोभिड–१९ को अहिलेको महामारीले पनि अस्पतालजस्ता स्वास्थ्यपूर्वाधारमा ठूलो लगानीको आवश्यकता महशुस भएको बताउँदै अस्पताल भवन निर्माणमा गरिएको यस किसिमको सहयोगले आगामी दिनमा सहज र सुलभ स्वास्थ्य सेवाउपलब्ध गराउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

इन्स्टिच्युटका अध्यक्षडा. कोइरालाले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थले बालबालिकाहरूमा हुने जटिल र गम्भीर रोगको उपचार सहजएवं सुलभ बनाउने उद्देश्यले काठमाडौंको बूढानीलकण्ठमा बहुविशिष्टिकृत अस्पतालको निर्माण गर्न गइरहेको जानकारी दिए । साथै यस इन्स्टिट्युटले बाँकी अन्य प्रदेशहरुमा पनि सोही प्रकृतिको सेटलाइट अस्पतालहरु सञ्चालनगर्न गइरहेको उनले बताए । डा. कोइरालाले बैंकले गरेको उक्त सहयोगले भावी पुस्ताको स्वास्थ्यका निमित्त महत्वपूर्ण भुमिका खेल्ने जनाउँदै बैंकलाई धन्यवाद ज्ञापन गरे ।

ग्लोबल आइएमई बैंकले आफ्नो स्थापनादेखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक कार्यहरुमा सहकार्य गर्दै आएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  ४ : २३ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम