१६ बैशाख २०८३, बुधबार | April 29, 2026

काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई ग्लोबल आइएमई बैंकद्वारा एक करोड सहयोग



काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई एक करोड रुपैयाँआर्थिक सहयोग प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त चाइल्ड हेल्थ इन्स्टिच्युटअन्तर्गत रहने बाल अस्पतालको भवन निर्माणका लागि उक्त सहयोग प्रदान गरेको हो ।

शुक्रबार बैंकमा आयोजित एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका संस्थापक अध्यक्ष प्रा.डा. भगवान कोइरालाबीच आर्थिक सहयोग प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

ग्लोबल आइएमई बैंकले आफ्नो स्थापनादेखि नै सामाजिक हितका कार्यलाई विशेष जोड दिएर अगाडि बढेको बताउँदै बैंकका प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले समाजपयोगी यस कार्यमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थसँग सहकार्य गर्न पाउँदा अत्यन्तै खुशी लागेको बताए । उनले कोभिड–१९ को अहिलेको महामारीले पनि अस्पतालजस्ता स्वास्थ्यपूर्वाधारमा ठूलो लगानीको आवश्यकता महशुस भएको बताउँदै अस्पताल भवन निर्माणमा गरिएको यस किसिमको सहयोगले आगामी दिनमा सहज र सुलभ स्वास्थ्य सेवाउपलब्ध गराउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

इन्स्टिच्युटका अध्यक्षडा. कोइरालाले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थले बालबालिकाहरूमा हुने जटिल र गम्भीर रोगको उपचार सहजएवं सुलभ बनाउने उद्देश्यले काठमाडौंको बूढानीलकण्ठमा बहुविशिष्टिकृत अस्पतालको निर्माण गर्न गइरहेको जानकारी दिए । साथै यस इन्स्टिट्युटले बाँकी अन्य प्रदेशहरुमा पनि सोही प्रकृतिको सेटलाइट अस्पतालहरु सञ्चालनगर्न गइरहेको उनले बताए । डा. कोइरालाले बैंकले गरेको उक्त सहयोगले भावी पुस्ताको स्वास्थ्यका निमित्त महत्वपूर्ण भुमिका खेल्ने जनाउँदै बैंकलाई धन्यवाद ज्ञापन गरे ।

ग्लोबल आइएमई बैंकले आफ्नो स्थापनादेखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक कार्यहरुमा सहकार्य गर्दै आएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  ४ : २३ बजे

सबैभन्दा बढी प्यूठानमा १०४.४ मिलिमिटर वर्षा

काठमाडौँ । नेपालमा पश्चिमी र स्थानीय वायुको साथै पूर्वी भू–भाग

‘सार्वजनिक सेवा प्रभावकारी बनाउन र सुशासन प्रदान गर्न अध्यादेश’

काठमाडौँ । सरकारले सार्वजनिक निकायमा हुने नियुक्तिलाई पारदर्शी र प्रतिस्पर्धी

पोखरा स्पोर्ट्स अवार्ड : नौ विधामा अवार्ड प्रदान गरिँदै

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा आगामी वैशाख

सबै सार्वजनिक जग्गामा बनाइएका घरटहरा खाली गर्न काठमाडौं प्रशासनको आदेश

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लाका विभिन्न स्थानीय तहका

लुम्बिनी प्रदेश सरकारका २ मन्त्री सहित ७ जना प्रदेशसभा सदस्यहरुसँग कांग्रेसले सोध्यो स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनमा आफ्नै उम्मेदवारलाई अन्तरघात