१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

नेपालपक्षका दोस्रो पुस्ताका नेताहरुलाई बालुवाटारमा पालो गरिगरि निम्ता, ओली पक्ष र नेपाल पक्षका नेताहरुको छलफल जारी



काठमाडौं । नेपालपक्षले साथ नदिए बिश्वासको मतमा पराजित हुने निश्चित भएपछि प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल पक्षका नेताहरुलाई एकपछि अर्को एकताको कार्ड फाल्न थालेका छन् । अध्यक्ष ओलीले आफ्ना विश्वासपात्रहरुलाई लगाएर नेपालपक्षका दोस्रो पुस्ताका नेताहरुसँग छलफल सुरु गराएका छन् । प्रधानमन्त्री ओलीकै इसारामा ओलीका विश्वासपात्र सुवास नेम्वाङ, अर्थमन्त्री विष्णु पौडेल र विष्णु रिमालको निमन्त्रणमा छलफलका लागि नेपाल पक्षका नेताहरु बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीकै प्रस्ताव अनुसार नै दुवै पक्षका नेताहरुबीच एकताको सहमतिका बिन्दु पहिल्याउने बिषयमा छलफल भएको बताईएको छ ।

माधव नेपाल पक्षका नेताहरू सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र योगेश भट्टराई अपरान्ह बालुवाटार छिरेका थिए । अध्यक्ष ओलीको तर्फबाट अर्थमन्त्री विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङलगायतका नेताहरु छलफलमा सहभागी रहेको एमाले उच्च स्रोतले जनाएको छ ।

नेपाल पक्षका नेताहरुलाई गरिएको कारवाही फिर्ता गर्ने, सांसदहरुलाई सोधिएको स्पष्टीकरणलाई निश्क्रिय पार्न ओली पक्ष राजी भएपनि नेपाल पक्षले प्रमुखरुपमा उठाउँदै आएको पार्टीको संगठनलाई २०७५ जेठ २ गतेको अवस्थामा लैजाने बिषयमा ओली पक्ष सहमत हुन नसकेको उक्त स्रोतले भन्यो । नेपाल पक्षका नेताहरुले २०७५ जेठ २ गतेको अवस्थामा जानु पर्ने, पार्टीलाई बिधि, पद्धती र बिधान अनुसार चलाउनु पर्ने, चैत्र २३ यता गरिएका सबै निर्णय खारेज हुनु पर्ने बिषयमा अडान लिईरहेको तर ओली पक्षले यथास्थितीमै मिलेर जान आग्रह गरेको ती स्रोतले बतायो ।

 

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  ९ : ४७ बजे

महिला सशक्तिकरणको मुख्य आधार आर्थिक सवलीकरण हो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तिकरणको सबैभन्दा प्रमुख

जीर्ण महोत्तरी कारागारको तत्काल जीर्णोद्धार थाल्न सुझाव

महोत्तरी । महोत्तरी कारागार जीर्ण भएको छ । सङ्घीय संसद्को

पत्रकार महासंघको स्थापना दिवसको अवसरमा सभामुख घिमिरेले दिए शुभकामना

काठमाडौ. । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालका पत्रकारहरुको साझा संस्था

व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै म्याग्दीको प्राविधिक शिक्षालय

म्याग्दी । विद्यालयमा पढाइसँगै तरकारी खेती र मौरीपालन गरेर म्याग्दीको

संस्थागत विद्यालयलाई नेपालीपन झल्कने नाम राख्न काठमाडौं महानगरको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयहरूलाई नेपालीपन झल्कने नाम राख्न