१२ बैशाख २०८१, बुधबार | April 24, 2024

असार मसान्तसम्ममा पौने चार अर्ब लिटर अक्सिजन आवश्यक



काठमाडौं । सरकारले आगामी असार मसान्तसम्म झन्डै ४ अर्ब लिटर अक्सिजन खपत अनुमान गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६० हजार ३५ संक्रमितका लागि ३ अर्ब ८५ करोड ३२ लाख ९७ हजार ६ सय १७ लिटर अक्सिजन खपत हुन्छ । मेडिकल अक्सिजन प्रयोग तथा आवश्यकता निर्धारणसम्बन्धी मापदण्ड २०७८ जारी गर्दै मन्त्रालयले यस्तो अनुमान गरेको हो ।

आईसीयू-भेन्टिलेटरमा वैशाख मसान्तसम्म २ हजार २ सय ८५, जेठमा ३ हजार २३ र असारमा ३ हजार ६ सय ९८ जना भर्ना भई मेडिकल अक्सिजन आवश्यक पर्ने अनुमान गरिएको छ । एचडीयूमा वैशाख मसान्तसम्म ५ हजार ३ सय ३१, जेठ मसान्तसम्म ७ हजार ५३ र असार मसान्तसम्म ८ हजार ६ सय २८ जनालाई मेडिकल अक्सिजन आवश्यक पर्न सक्ने जनाइएको छ ।

त्यस्तै, वैशाख मसान्तसम्म ७ हजार ६ सय १६, जेठ मसान्तसम्म १० हजार ७५ र असार मसान्तसम्म १२ हजार ३ सय २६ जनालाई साधारण अक्सिजन बेड आवश्यक पर्न सक्नेछ । वैशाखमा ९७ करोड ७६ लाख ५६ हजार ७ सय ८१ लिटर, जेठमा १ अर्ब २९ करोड ३३ लाख ६७ हजार ८ लिटर र असारमा १ अर्ब ५८ करोड २२ लाख ७३ हजार ८ सय २९ लिटर मेडिकल अक्सिजन खपत अनुपात छ ।

असारसम्म ५ लाख ६६ हजार ६ सय ६१ अक्सिजन सिलिन्डर खपत (४६ लिटर साइज) खपत हुने अनुमान छ । यसैबीच, आईसीयू र भेन्टिलेटरका कोरोना संक्रमितलाई दैनिक १४ हजार लिटर अक्सिजन आवश्यक पर्ने देखिएको छ ।

मन्त्रालयका अनुसार आईसीयू र भेन्टिलेटरमा राखी उपचार गर्नुपर्ने गम्भीर प्रकृतिका बिरामीका लागि प्रतिदिन औसतमा १४ हजार लिटर अक्सिजन आवश्यक पर्ने देखिएको छ । १० लिटर प्रतिमिनेटका दरले दैनिक १४ हजार लिटर अक्सिजन चाहिन्छ ।

मन्त्रालयले मेडिकल अक्सिजन प्रयोग तथा आवश्यकता निर्धारणसम्बन्धी मापदण्ड २०७८ समेत जारी गरेको छ । जसमा एचडीयूमा राख्नुपर्ने जटिल बिरामीका लागि प्रतिदिन औसतमा १२ हजार लिटर अक्सिजन आवश्यक पर्ने उल्लेख छ ।

आठ लिटर प्रतिमिनेटका दरले दैनिक १२ हजार लिटर अक्सिजन चाहिने मन्त्रालय बताउँछ । त्यस्तै, अस्पतालमा अक्सिजनसहित उपचार गर्नुपर्ने बिरामीका लागि प्रतिदिन औसतमा १२ हजार लिटर अक्सिजन आवश्यक पर्ने मापदण्डमा उल्लेख छ ।

मेडिकल अक्सिजन आवश्यकता दर औंल्याउँदा १० बिरामीलाई आईसीयूमा राखेर उपचार गर्दा प्रतिदिन १ लाख ४० हजार ४ सय लिटर अक्सिजन र २१ सिलिन्डर आवश्यक पर्छ । ५० बिरामीलाई एचडीयूमा उपचार गर्दा प्रतिदिन ५ लाख ९७ हजार ६ सय लिटर अक्सिजन र ८८ सिलिन्डर आवश्यक पर्छ ।

कोभिड-१९ उपचारका लागि तोकिएका अस्पतालले बेड संख्याका आधारमा कम्तीमा सात दिनका लागि मेडिकल अक्सिजन मौज्दात राख्नुपर्ने मापदण्ड बनाइएको छ । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार  ६ : २१ बजे

कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम

आजदेखि ७२ घण्टाका लागि पूर्वी सीमानाका बन्द

झापा । झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका सीमानाका आज

गण्डकी सरकारविरुद्धको रिटमा आज पनि सुनुवाइ हुदैं

काठमाडौं । गण्डकी सरकारविरुद्धको रिटमा आज पनि सुनुवाइ हुने भएको

आजको मौसम : केही प्रदेशका पहाडी भू-भागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । देशका केही भू-भागमा आज वर्षाको सम्भावना छ ।

‘भूकम्पीय जोखिम न्यूनीकरण गर्न जनचेतना र सुरक्षात्मक उपाय आवश्यक’

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पीय जोखिम न्यूनीकरणका लागि विभिन्न