७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

देउवाद्वारा संवैधानिक परिषद् बैठक बहिस्कारको घोषणा



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संवैधानिक परिषद्को बैठक बहिस्कार गर्ने घोषणा गरेको छ ।

काँग्रेस सभापति शेरबहादुर देउवाले शनिबार एक विज्ञप्ति जारी गर्दै सरकारले संविधानको मुल मर्ममा प्रहार गरि संवैधानिक संरचनालाइ नै भत्काउने काम गरेका कारण प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतले भाग नलिने घोषणा गरेका छन् ।

देउवाले सरकार संबैधानिक संरचनाहरुलाई भत्काउँदै अध्यादेश ल्याएको अवस्थामा संवैधानिक परिषद्को बैठकमा भाग लिनु अनुपयुक्त हुने विज्ञप्तिमा उल्लेख गरेका छन् ।

‘संवैधानिक परिषद्सम्बन्धी ऐनमा अध्यादेश मार्फत संशोधन गर्ने सरकारको काम संविधानको भावना विपरित, संसदीय मुल्य, मान्यता प्रतिकुल र लोकतान्त्रिक अभ्यासमा समेत प्रहार हुने भएको हुँदा उक्त बैठकमा भाग नलिन परिषद्का अन्य सबै सदस्यहरुलाई समेत आव्हान गर्दछु ।’देउवाको विज्ञप्तिमा भनेका छन् ।

देउवाले लोकतान्त्रिक पद्धतिमा संविधान बमोजिम संवैधानिक निकायहरुले सरकारको काम कारवाहीको समेत अनुगमन अनुसन्धान गर्ने भएको भन्दै यस्ता निकायहरु अनिवार्य रूपले स्वतन्त्र र निष्पक्ष हुनुपर्ने उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार  १२ : ३५ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल