९ चैत्र २०८२, सोमबार | March 23, 2026

चीनमा ३० करोड व्यक्तिलाई खोप लगाइयो



बेइजिङ । चीनमा शुक्रवारसम्म ३० करोड ८० लाखभन्दा बढी व्यक्तिले कोभिड-१९ विरूद्धको खोप लिइसकेका राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ ।

चीनको यो तथ्याङ्क कोभिड-१९ बाट विश्वव्यापीरूपमा सङ्क्रमित हुनेको सङ्ख्या १५ करोड ७५ लाखभन्दा बढी पुगेको र एशियामा यसको प्रभाब उच्च रहेका समय आएको हो ।

चीनले शरीरको प्रतिरक्षा प्रणालीलाई विकास गर्न स्वदेशमा नै निर्माण गरिएको खोपलाई धेरैभन्दा धेरै नागरिकसमक्ष पु¥याउने अभियानलाई तीब्र पारिरहेको छ ।

बुधवार समाप्त भएको श्रमिक दिवसका अवसरको पाँच-दिने छुट्टीको समयमा, सरकारले कार्यतालिकालाई तीब्रता दिँदै खोपहरू लगाइँदै आएको छ ।

शुक्रवार, विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले आपतकालिन प्रयोगका लागि चीनमा निर्मित एक खोपलाई अनुमति दिएको छ । चिनियाँ खोप नागरिकको सुरक्षा, प्रभावकारिता र गुणस्तरको लागि डब्लुएचओको प्रमाणीकरण सूचीमा पर्ने विश्वकोे छैठौं खोप बनेको छ ।

“महामारी नियन्त्रणका लागि खोप एक आशाको किरण भएपनि स्वास्थ्य सावधानीलाई अपनायनु नै सङ्कटमा स्वास्थ्य सुरक्षाका लागि उत्तम उपाय भएको,” महामारी नियन्त्रण तथा रोकथामका लागि चिनियाँ केन्द्रका प्रमुख महामारी विज्ञ वु जुनयूले बताए ।

विश्वव्यापी रोग प्रतिरोधात्मक अवरोध छोटो अवधिमा हासिल गर्न नसकिने भएकोले धेरै देश र क्षेत्रहरूमा खोपको दर अपेक्षाकृत कम रहेको केन्द्रले हालसालै जारी गरेको एक जानकारीमा बताइएको छ । केन्द्रले खोपको साथै रोगबाट जोगिन आत्म-सुरक्षाका उपायहरू अझै महत्वपूर्ण रहेको कुरा उल्लेख गरेको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ६ : ३५ बजे

ज्येष्ठ सदस्य केसीले राष्ट्रपति समक्ष शपथ लिने

काठमाडौंँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेल

प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति

नाइट फुटबलको उपाधि ब्रोदर्स एफसीलाई

खजुरा । बाँकेको खजुरामा सम्पन्न नाइट फुटबलको उपाधि आयोजक टिम

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो

काठमाडौँ । राष्ट्रिय किताबखानाले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत

कांग्रेस सभापति थापाले पदबाट दिएको राजीनामा केन्द्रीय समितिबाट अस्वीकृत

काठमाडौं । गगन थापाले पदबाट दिएको राजीनामा नेपाली कांग्रेसको केन्द्रीय