१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

चिनियाँ अनुदानको भेरोसेल जेठ २५ बाट दिइने, ६० देखि ६४ वर्षका जेष्ठ नागरिकलाई खोप लगाइने



काठमाडौं । चीनले अनुदानमा दिएको कोभिड–१९ विरुद्धको भेरोसेल खोप जेष्ठ नागरिकबाट दिन सुरु गरिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्राप्त अनुदानको खोपलाई जेठ २५ गतेदेखि जेष्ठ नागरिकलाई दिन सुरु गर्ने भएको हो ।

पहिलो चरणमा देशभरका ६०–६४ वर्ष उमेर समूहका नागरिकलाई चिनियाँ भेरोसेल खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले बताए । उनले चीनबाट प्राप्त हुने १० लाख डोज खोपले ६०–६४ वर्ष उमेर समूहका नागरिकलाई पुग्ने मन्त्रालयले आंकलन गरेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. पौडेलकाअनुसार भेरोसेल खोप लगाउन खोप केन्द्रमा जाँदा नेपाली नागरिकताको प्रमाणपत्र वा उमेर खुल्ने कुनै पनि सरकारी कागजात वा वडा कार्यालयले दिएको सिफारिस अनिवार्य लिएर जानुपर्ने छ ।

मन्त्रालयको तथ्यांकअनुसार अहिले सम्ममा ४ लाख ३५ हजार ११२ जनाले भारतीय कोभिसिल्ड र २ लाख ७९ हजार जनाले चिनियाँ भेरोसेल खोपको दोस्रो मात्रा लगाइसकेका छन् । कोभिसिल्ड खोप लगाएका १३ लाख भन्दा बढी नागरिक दोस्रो डोजको पर्खाइमा रहेपनि खोप कहिले आउने हो कुनै ठेगान छैन । विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसार पहिलो डोज खोप लगाएको ८ देखि १२ हप्ताकाबीचमा दोस्रो डोव खोप लगाउनु पर्छ । आपुर्तिको सुनिश्चितता नगरि पहिलो डोज खोप लगाईदिएका कारण १३ लाख बढी नागरिकको दोस्रो डोज खोप अन्यौलमा परेको छ ।

चीनले अनुदानमा दिएको १० लाखमध्ये ९ लाख डोज नेपाल आइपुगेको छ भने बाँकी एक लाख भोलि काठमाडौं आइपुग्नेछ । ८ लाख डोज खोप बेईजिङबाट सिधै काठमाडौ आईपुगेको छ भने बाँकी तिब्बतबाट बिस्ताबन्दीमा आउनेक्रम जारी छ । मन्त्रालयका अनुसार नेपालमा ६० देखि ६४ वर्षका नागरिकको संख्या ८ लाख ५४ हजार छन् ।

यसपटक भने पहिलो डोज लगाउने ६०–६४ वर्ष उमेर समूहका नागरिकलाई दोस्रो डोजको सुनिश्चितता हुने गरी व्यवस्थापन गरिएको मन्त्रालयले जनाएको छ ।

 

प्रकाशित मिति : १८ जेष्ठ २०७८, मंगलबार  ९ : २६ बजे

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक

बुटवल ११ बुद्धनगर खानेपानी उपभोक्ता समिति र टोल विकास संस्था बीच जग्गा विवाद !

बुटवल । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा जग्गा भोग चलनको विषयलाई लिएर