११ बैशाख २०८१, मंगलबार | April 24, 2024

काठमाडौंका यी ४ अस्पतालमा आज र भोलि कोरोनाविरुद्ध भेरोसेल खोप लगाइँदै



काठमाडौं । काठमाडौं महानगरपालिकाले आज(सोमबार) र भोलि (मंगलबार) कोरोनाविरुद्धको भेरोसेल खोप लगाउने भएको छ । २५ जेठदेखि ५ दिनका लागि सुरु गरेको खोप अभियानमा खोप अभाव भएपछि निर्धारित मितिभन्दा दुई दिन अघि नै अभियान स्थगित भएको थियो । सोही अभियान आज र भोलि गर्न लागेको महानगरपालिकाले जनाएको छ ।

दुई दिन खोप अभियान सञ्चालन भएपछि जेठ २७ गते काठमाडौं महानगरपालिकाले एक सूचना जारी गर्दै खोप अभियान रोकिएको सूचना प्रकाशित गरेको थियो ।

अब नयाँ कार्यतालिका अनुसार यसअघि रोकिएको खोप अभियान काठमाडौंमा जेठ ३१ र असार १ गते लगाइने भएको छ । आइतबार सूचना जारी गर्दै काठमाडौं महानगरपालिकाले ६० देखि ६१ वर्ष उमेर समूहका नागरिक, भेरोसेलको पहिलो मात्रा लगाएका व्यक्ति, कोरानाका बिरामीको उपचार जाँच र प्रत्यक्ष उपचारमा संलग्न चिकित्साकर्मी, प्यारामेडिक्स, नर्सिङका विद्यार्थीलाई भेरोसेल खोपको पहिलो मात्रा लगाउन अनुरोध गरेको छ ।

यसअघि महानगरका सबै वडामा खोप लगाउने काम भएको थियो । तर अब भने ४ वटा केन्द्रमा मात्र खोप लगाउने लगाइने महानगरले जनाएको छ ।

६० र ६१ वर्ष उमेरका तथा यसअघि भेरोसेल खोप लगाएका व्यक्ति, स्वास्थ्यकर्मीका लागि वीर, त्रिवि शिक्षण, निजामती कर्मचारी अस्पताल र वीरेन्द्र सैनिक अस्पतालमा खोप लगाइनेछ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७८, सोमबार  ७ : ५७ बजे

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा

धनगढी । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ ।

सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा

विपिन जोशीको रिहाईको पहल गरिदिन राष्ट्रपति पौडेलको कतारी अमिरलाई आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना