२२ भदौ २०८३, सोमबार | September 7, 2026

कुलेखानीमा नयाँ आयोजनाको अध्ययन



काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले बनाउन खोजेको कुलेखानी सिस्नेरी पम्प स्टोरेज आयोजनाको भौगोलिक अध्ययन सम्पन्न भएको छ ।

कुलेखानी जलाशयकै पानी प्रयोग गरेर विद्युत् निकाल्ने र त्यो पानी पुनः जलाशयमै फिर्ता पठाउने गरी विद्युत् आयोजना बनाउन गत चैतमा विद्युत् विकास विभागले अनुमति दिएको थियो ।

अहिले प्राधिकरण मातहतको एनईए इन्जिनियरिङले पूर्वसम्भाव्यता अध्ययन गरिरहेको छ । अध्ययनमा संलग्न प्राधिकरणका इन्जिनियर शिवराम केसीका अनुसार हालसम्म भौगोलिक अध्ययन पूरा भएको छ भने भौगर्भिक, वातावरणीयलगायतका अध्ययनको काम भइरहेको छ । असार मसान्तभित्र पूर्वसम्भाव्यता अध्ययन सक्ने लक्ष्य प्राधिकरणको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले यो आयोजना सस्तो भएकाले तत्काल निर्माण गर्नुपर्ने बताए । उनले भने, “आगामी असारसम्म अध्ययनको काम सक्ने र अर्को वर्षको असारभित्र निर्माण सुरु गर्नुपर्छ भन्नेमा हामी छौँ ।” उनका अनुसार आयोजना सम्पन्न गर्न करिब नौ अर्ब रुपियाँ लाग्ने प्रारम्भिक अनुमान छ ।

प्रारम्भिक अध्ययनबाट यो आयोजनाबाट सय मेगावाट विद्युत् उत्पादन हुनसक्ने देखिएको छ । यो आयोजनाबाट सुक्खायाममा १०२ र वर्षायाममा ११८ गिगावाट गरी वार्षिक २२० गिगावाट/घण्टा विद्युत् उत्पादन हुने अनुमान गरिएको छ । विद्युत्को माग उच्च हुने समयमा सञ्चालन गर्ने गरी यो आयोजना बनाउन लागिएको हो ।

प्रारम्भिक सर्वेक्षणअनुसार कुलेखानी इन्द्रसरोवरको पानी ४.२ मिटर व्यासको ७२५ मिटर लामो टनेल पाइपमार्पmत सिस्नेरीमा बन्ने विद्युत् गृहमा पठाइने र त्यहाबाट विद्युत् निकालेपछि पानी पुनः अर्को पोखरीमा जम्मा गरिने छ । यसरी जम्मा भएको पानी रातिको समय तथा विद्युत् उत्पादन गर्नु नपर्ने समयमा इन्द्रसरोवरमै फर्काइने छ ।

विद्युत् उत्पादन गर्न प्रयोग गरिने टर्वाइन र पाइपबाटै पानी फिर्ता गरिने एनईए इन्जिनियरिङका प्रमुख मनोज सिलवालले जानकारी दिए । “बिजुली निकाल्न प्रयोग हुने टर्वाइनले नै पछि पानी कुलेखानीको जलाशयमै फिर्ता गर्न मोटरको काम गर्नेछ,” उनले भने । यसो गर्दा करिब ८० प्रतिशत पानी कुलेखानीको बाँधमै फिर्ता हुनेछ ।

सर्वेक्षण सम्पन्न भएसँगै प्राधिकरण अहिले भौगर्भिक तथा वातावरणीय अध्ययन र विस्तृत इन्जिनियरिङ डिजाइनको तयारीमा लागेको छ । “दोहो¥याउनु नपर्ने गरी हामीले भर्खरै भौगोलिक अध्ययन सकेका छौँ, अब अन्य अध्ययनको तयारीमा छौँ,” सिलवालले भने । पम्प स्टोरेजबाट निकालिएको बिजुली करिब दुई किलोमिटरको दूरीमा पर्ने कुलेखानी दोस्रो आयोजनाको प्रसारण लाइनमार्पmत काठमाडौं ल्याउने योजना प्राधिकरणले बनाएको छ ।

कुल ६६ केभी क्षमताको ७२ किलोमिटर लामो उक्त प्रसारण लाइनमार्पmत बिजुली बालाजु सबस्टेसनसम्म ल्याउने योजना छ । आयोजना निर्माणका लागि आधारभूत पूर्वाधार नयाँ निर्माण गर्नु नपर्ने र उच्च माग व्यवस्थापन गर्न प्रभावकारी हुने भएकाले प्राधिकरणले यो योजनालाई विशेष महत्व दिएको हो । उक्त समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ७ : १३ बजे

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

भोटेकोशी बाढीमा परी निधन भएकाहरूको सम्झनामा बाँकेमा दीप प्रज्वलन

नेपालगन्ज । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको