१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

जसपा अध्यक्ष ठाकुर र महतो देउवा भेट्न बूढानीलकण्ठमा



काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर तथा वरिष्ठ नेता राजेन्द्र महतो कांग्रेस सभापति शेरबहादुर देउवासँग बूढानीलकण्ठ पुगेर भेट गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने या नदिने विषयमा आफ्नै पार्टीभि कुनै निर्णय गर्न नसकेअवस्थामा ठाकुर र महतोले देउवालाई भेटेका हुन् ।

जसपाभित्र अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईपक्षसहित बहुमत कार्यकारिणी सदस्यले प्रधानमन्त्रीलाई विश्वासको मत दिन नहुनेमा छन् । तर, ठाकुर र महतो भने ओलीलाई विश्वासको मत दिएर सरकारमा समेत जानुपर्नेमा रहेका छन् । यद्यपी, केहीदिनयता ठाकुर र महतोको पनि केमेष्ट्री मिल्न छोडेको बताईंदै आएको छ ।

कांग्रेसले भने पार्टी र संसदीय दलबाट ओलीलाई विश्वासको मत हासिल गर्नबाट रोक्ने निर्णय गर्दै अन्य दललाई पनि समर्थन नगर्न आग्रह गरिसकेको छ ।

महतो र ठाकुरले ओलीले विश्वासको मत पाउन नसक्ने अवस्थामा भने विपक्षमा समेत मतदान नगरी तहस्थ बस्नुपर्ने सोच बनाएका छन् । तर यादव पक्ष भने विपक्षमा मतदान गर्नेगरी सकेसम्म कार्यकारिणी र संसदीय दलको सर्वसम्मत नभए बुहमतबाट भएपनि निर्णय गर्ने योजनामा रहेको छ ।

आफुहरुका माग पुरा गर्ने ग्यारेन्टी गरेको अवस्थामा वैकल्पिक सरकार बनाउन देउवालाई ठाकुर महतोहरुले समर्थन गर्न सक्ने अनुमान गरिएको छ । अर्का अध्यक्ष यादवले यसअघि नै समर्थन जनाइसके पनि ठाकुर महतोले ओलीको असफलतामा आफुहरु हावी भएका देखाउन समेत चाहेका छन् ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ९ : ४७ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम