७ आश्विन २०८३, बुधबार | September 23, 2026

देउवा भेटेलगत्तै ओली भेट्न बालुवाटार पुगे ठाकुर र महतो



काठमाडौं । आइतबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरेर अविश्वासको प्रस्तावमा तटस्थ बसेका जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो प्रधानमन्त्री केपी शर्मा ओली भेट्न बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिने अघिल्लो दिन सत्ता समीकरणमा अहिलेसम्म निर्णायक मानिएको जसपा एक अध्यक्ष र नेता महतो भेटघाटमा व्यस्त भएका हुन् । कांग्रेस सभापति देउवाले भेटमा प्रधानमन्त्रीलाई विश्वासको मत नदिन आग्रह गरेका थिए । तर, ठाकुर र महतोले आफुहरु तटस्थ बस्ने बताएको बुझिएको छ ।

देउवासँग भेट गरेपछि ठाकुर र महतो प्रधानमन्त्री ओली भेट्न सिधै बालुवाटार गएका छन् ।

देशको राजनीतिलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा चर्किएको विवादले अहिले जसपाभित्र कसको शक्ति बढी भन्नेमा केन्द्रित देखिएको छ । ठाकुर र महतो पक्षले प्रधानमन्त्री ओलीलाई सकेसम्म समर्थन गर्ने, तर आफुहरुले समर्थन गरेर पनि विश्वासको मत पाउने अवस्था नभए तटस्थ बस्ने बताउँदै आएका छन् ।

तर यादव पक्षले भने ओली विरुद्धको गठबन्धनमा सामेल हुनुपर्ने बताउँदै आएको छ । आजै जसपाको पदाधिकारी बैठक बस्ने भएको छ । बैठकमा सहमति नभए उपेन्द्र यादव पक्षले बहुमत अल्पमतको निर्णयका आधारमा अघि बढ्ने योजना बनाएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  १२ : ०७ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई