१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

ओलीलाई महन्थ ठाकुरले भने : विश्वासको मत दिँदैनौं



काठमाडौं । जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने बताएका छन् ।

बालुवाटारमा प्रधानमन्त्री ओलीलाई भेटेर अध्यक्ष ठाकुरले आफुहरुले विश्वासको मतमा भोट नहाल्ने बताएका हुन् । ओलीलाई भेट गर्न ठाकुर र नेता राजेन्द्र महतो पुगेका थिए । उनीहरुले विश्वासको मत लिने अवस्थामा आफ्नो पार्टी तटस्थ बस्ने बताएका छन् ।

यद्यपी, जसपाभित्र ओली विरुद्ध मतदान गर्ने किन नगर्ने भन्नेमा विवाद कायमै रहेको छ । अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले ओली विरुद्ध मतदान गरेर नयाँ सरकार बनाउनु पर्ने बताउँदै आएका छन् । जसपाभित्र विश्वासको मत विरुद्ध मतदान गर्ने या तटस्थ बस्ने भन्ने विवाद कायमै रहेको छ । पार्टीभित्र एकमत बनाउन आजै पदाधिकारी बैठक बस्ने बताइएको छ ।

जसपाको ठाकुर पक्षले समेत विश्वासको मत नदिने बताएपछि प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत नपाउने पक्का भएको छ । यद्यपी, ओलीले जसपालाई आफ्नो पक्षमा विश्वासको मत दिन नसक्ने हो भने विपक्षमा मतदान नहोस भनेर तटस्थ बस्न यसअघिदेखि नै आग्रह गर्दैआएका थिए ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  १२ : ५० बजे

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं । त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना