१५ चैत्र २०८२, आइतबार | March 29, 2026

प्रदेशसभाको विशेष अधिवेशन माग गर्दै लुम्बिनीका विपक्षी दलले बुझाए प्रदेश प्रमुखलाई पत्र



बुटवल । लुम्बिनी प्रदेशसभाका विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल गर्न विशेष अधिवेशन माग गर्दै प्रदेश प्रमुख समक्ष समाबेदन दर्ता गराएका छन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदले आइतबार प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवलाई भेट गरी विशेष अधिवेशनका लागि समावेदन दर्ता गराएका हुन् । उनीहरुले गत बैशाख ६ गते दर्ता भई छलफल नभएको तथा पुनः दर्ता गरिएको अविश्वास प्रस्तावमाथि छलफल गर्न माग गरेका हुन् ।

उनीहरुले मुख्यमन्त्री पोखरेलको पक्षमा प्रदेशसभामा बहुमत नरहेको भन्दै बहुमतमा रहेका नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउन प्रस्ताव आज पुनः संसद सचिवालयमा मुख्यमन्त्री पोखरेल विरुद्ध अबिश्वासको प्रस्ताव दर्ता गराएका छन् ।

प्रदेशसभामा ४० सांसदको हस्ताक्षरसहित मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव संसद सचिवालयमा दर्ता दर्ता गरेको पूर्व प्रदेश सामाजिक विकास मन्त्री सुदर्शन बरालले बताए ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ३ : ०८ बजे

पूर्वमन्त्री एवं कांग्रेस नेता दीपक खड्का पक्राउ

काठमाडौं । पूर्व उर्जामन्त्री एवं कांग्रेस नेता दीपक खड्का पक्राउ

कालीगण्डकीमा ‘र्‍याफ्टिङ’ सञ्चालन

म्याग्दी । पोखराका पर्यटन व्यवसायीहरूले आन्तरिक पर्यटकलाई लक्षित गरी कालीगण्डकी

अध्यक्ष ओलीको रिहाइ माग्दै एमालेद्वारा ७७ वटै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाइँदै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी अध्यक्ष केपी

सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

तेह्रथुम । जिल्लाको फेदाप गाउँपालिका-१ मा पोक्लाबाङ सांस्कृतिक सङ्ग्रहालय भवन

अबरुद्ध बिपी राजमार्गमा बिहानदेखि यातायात सञ्चालनमा

काभ्रेपलाञ्चोक । शुक्रबार साँझको वर्षापछि रोशी खोलामा आएको बाढीका कारण