१ श्रावण २०८३, शुक्रबार | July 18, 2026

लुम्बिनी प्रदेशसभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित



दाङ । लुम्बिनी प्रदेशसभाले आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । प्रदेशको छैटौँ अधिवेशनको आठौँ बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गरिएको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।

बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले ‘आगामी आर्थिक वर्ष २०८२र८३ का लागि प्रस्तुत नीति तथा कार्यक्रम पारित गरियोस्’ भन्ने प्रस्ताव पेस गरेकोमा सभामुख तुलाराम घर्तिमगरले उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेका थिए । ध्वनिमतका आधारमा नीति तथा कार्यक्रम बहुमतले पारित भएको सभामुख घर्तिमगरले घोषणा गरेका हुन् ।

प्रदेश सरकारले प्रदेशको समग्र विकास गर्नेगरी कृषि, उद्योग, पर्यटन, पूर्वाधार विकासलगायत क्षेत्रलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम प्रस्तुत भएको थियो । यही जेठ ५ गते सदनमा प्रस्तुत भएको नीति तथा कार्यक्रमलाई सांसदहरूले प्रदेशको विकासका लागि उत्कृष्ट भन्दै त्यसलाई बजेटमार्फत सम्बोधन गर्न सुझाव दिएका छन् ।

मुख्यमन्त्री आचार्यले नीति तथा कार्यक्रमलाई पूर्ण कार्यान्वयन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे । आज बसेको बैठकलाई सम्बोधन गर्दै उनले कार्यान्वयनका लागि प्रभावकारी अनुगमन व्यवस्था मिलाइने जानकारी दिए ।

मुख्यमन्त्री आचार्यले नीति तथा कार्यक्रम सरकारको दिशा निर्देशन गर्ने कार्यक्रम भएकाले आगामी आर्थिक वर्षको बजेटमा कार्यक्रमगत र आयोजनागत रूपमा सम्बोधनको विनियोजन विधेयक ल्याइने बताए । उनले यस पटकको नीति तथा कार्यक्रम वास्तविक धरातलमा आधारित, कार्यान्वयन योग्य रहेको र विगतका योजनाहरूको विश्लेषण, साधनस्रोतको सीमा, अन्तरसम्बन्ध तथा तीन तहका सरकारबीचको समन्वय र साझेदारीको संवैधानिक दायरा मनन गरेर तयार पारिएको जानकारी दिए ।

सरकारले वस्तुनिष्ठ र कार्यान्वयन योग्य बजेट बनाउने तयारी गरिरहेको पनि मुख्यमन्त्री आचार्यले स्पष्ट पारे । दुई दिनसम्मको बैठकमा जारी छलफलमा ४० जना प्रदेशसभाका सांसदले सुझावसहित आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।

प्रकाशित मिति : १० जेष्ठ २०८२, शनिबार  १० : ३२ बजे

सरकार र मिटरब्याज पीडितबीच नौ बुँदे सहमति

काठमाडौँ । सरकार र मिटरब्याज पीडितबीच नौ बुँदे सहमति भएको

स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोड बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष

काठमाडौँ । नेपाल टेलिभिजन (हाल, सार्वजनिक सेवा प्रसारण संस्था) को

एमाले उपाध्यक्ष पौडेललाई साधारण तारेखमा छाड्न आदेश

काठमाडौँ । विशेष अदालतले नेपाली कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष

खजुरा क्यान्सर अस्पतालमा आजबाट लिक्विड अक्सिजन प्लान्ट संचालनमा

खजुरा । बाँकेको खजुरा स्थित सुशिल कोईराला प्रखर क्यान्सर अस्पतालमा

खजुरा क्यान्सर अस्पतालका बिग्रेका उपकरणहरु राष्ट्रिय आविस्कार केन्द्रले मरमत गरिदिने

खजुरा । बाँकेको खजुरा स्थित सुशिल कोईराला प्रखर क्यान्सर अस्पताल