२ श्रावण २०८३, शनिबार | July 18, 2026

नेपालका १० जिल्लामा अक्सिजन आपूर्तिका लागि एनआरएनए अफ्रिकाद्वारा १२ लाख सहयोग



नाइजेरिया । कोरोना संक्रमणले मार्तुभुमिको स्थिति झनझन बिग्रदो अबस्थामा गएको भन्दै अफ्रिकास्थित एनआरएनए राष्ट्रिय समन्वय समितिले नेपालमा अक्सिजन खरिदका लागि १२ लाख सहयोग पठाउने निर्णय गरेको छ ।

अफ्रिकास्थित एनआरएनएका राष्ट्रिय समन्वय समितीहरुबाट नेपालका १० जिल्लामा अक्सिजन आपूर्तिका लागि स्थानीय निकाय, संघ सस्था सङ्ग समन्वय गरी १२ लाख सहयोग पठाउने निर्णय गरेका हुन् ।

अक्सिजन समेत नपाएर बिरामी स्वजनहरुको मृत्यु भइरहेको दुस्खद स्थितिमा सहयोग पुरयाउनु आफुहरुको कर्तव्य रहेको एनआरएनए अफ्रिकाले जनाएको छ ।

‘सधै झै स्वदेशलाई अप्ठ्यारो परेको बेला थोरै संख्यामा रहे पनि अफ्रिकाका नेपालीहरुले आफ्नो स्वदेश प्रति माया राखी सहयोग गर्दै आइरहेको र यो बिपतमा पनि साथ दिन लागेका छौ’, एनआरएनए अफ्रिका क्षेत्रीय संयोजक रोशन थापाले भने ।

आइतबा रअफ्रिका क्षेत्रको बैठकले डीआरसी कङ्गोका अध्यक्ष अमृत क्षेत्रीको संयोजकत्वमा डीआरसी कङ्गो, घाना, मोजाम्बिक एनसीसीहरु र कृष्ण डुम्रे आइभोरी कोस्टको सहयोगमा पाल्पा, गुल्मी, नवलपुर, नवलपरासी र स्याङ्जामा तीनलाख ५० हजार बराबरको ५५० सिलिन्डर रिफिल गरी बुटवलबाट पठाउने निर्णय गरेको छ ।

यस्तै, सेसेल्स अध्यक्ष रामप्रसाद पन्तको संयोजकत्वमा सेसेल्स र केन्या एनसीसीले चितवनमा तत्कालै करिब २ लाख बराबरको आवश्यक स्वास्थ्य सहयोग गर्ने निर्णय गरेको छ । यसैगरी युगान्डा अध्यक्ष बिनोद थापाको संयोजकत्वमा बारा पर्सा लगाएत प्रदेश २ मा युगान्डा, बोत्स्वाना र दक्षिण अफ्रिका एनसीसीको सहयोगमा तीन लाख बराबरको अक्सिजन आपूर्तिमा सहयोग पुर्याउने निर्णय भएको छ ।

यस्तै, अन्तर्राष्ट्रिय समितिकी महिला उपसंयोजक मन थापाको संयोजकत्वमा सुदुर पश्चिम प्रदेशमा तीन लाख बराबरको अक्सिजन आपूर्तिमा सहयोग पुर्याउन नाइजेरिया, जाम्बिया र तान्जानिया राष्ट्रिय समन्वय समितिले तत्काल सहयोग गर्ने निर्णय गरेको छ ।

क्षेत्रीय संयोजक थापाले थप सहयोग उठाउँदै जाने र आवश्यकता अनुसार अन्य जिल्लाहरुमा सहयोग गर्दै जाने बताए ।

आज सम्पन्न संघको क्षेत्रीय बैठकमा मोजाम्बिका अध्यक्ष देवी पौडेल, कङ्गोका अध्यक्ष अमृत क्षेत्री, केन्या अध्यक्ष सुरज डुम्रे, तान्जानिया अध्यक्ष पुष्प राज भट्टराई सेसेल्स अध्यक्ष रामप्रसाद पन्त र युगान्डा अध्यक्ष विनोद थापा लगायतको उपस्थिति थियो ।

बैठकमा संघका अन्तर्राष्ट्रिय समितिका पुर्व कोषाध्यक्ष हिक्मत थापाले मुलुक अप्ठ्यारोमा परेको बेला अफ्रिकाका एनआरएन साथीहरूले उदार दिलले सहयोग गरेको बताउँदै यो संकटमा पनि सधै झै योगदान पुर्याउनेमा आफू विश्वस्त रहेको बताए ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ५ : १३ बजे

मनसुन प्रतिकार्य कमाण्ड पोष्ट बैठक : २३ जिल्लामा रातिमा सवारी आवागमन रोक लगाउन निर्देशन

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अतिभारी

मुग्लिन-नारायणगढ सडकमा सवारीसाधन संचालनमा रोक

काठमाडौँ । शनिबार राति १० बजेदेखि अर्को सूचना जारी नभएसम्म

उजुरी र भिडियोपछि नेपाल बाल संगठनमा अनुगमन, २० बालबालिकाको उद्धार

काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक

‘क्यामेरा, बुम, परिचयपत्र’ बोकेपछि जहाँसुकै स्वतः पहुँच पुग्छ भन्नु गलत मानसिकता’

नेपालगन्ज । पत्रकारिताको नाममा भइरहेका केही गैरजिम्मेवार र आचार संहिता

प्रचण्ड र श्रीलंकाको सत्तारुढ जेभीपीका महासचिव सिल्भाबीच भेटवार्ता

कोलम्बो । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा नेपालका पूर्वप्रधानमन्त्री पुष्पकमल