१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

एनआरएनए अफ्रिकाद्वारा परासीमा अक्सिजन सिलिण्डर हस्तान्तरण



परासी । एनआरएनए अफ्रिकाको ‘मातृभुमिमा अक्सिजिन आपूर्तिका लागि सहयोग अभियान’ अन्तर्गत पश्चिम नवलपरासी जिल्लामा साठी थान सिलिन्डर अक्सिजन सहयोग हस्तान्तरण गरिएको छ ।

एनआरएनएका अफ़्रिकी शाखाहरुको आर्थिक सहयोग र लायन्स क्लब बुटवल तथा लियो क्लब अफ रामग्रामको ब्यवस्थापनमा ६० वटा अक्सिजन सिलिण्डर हस्तान्तरण गरिएको हो । जिल्लामा करिब २०० थान अक्सिजन सिलिन्डर प्रदान गर्ने कार्यक्रम अनुरुप पहिलो चरणमा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रलाई ६० थान सिलिण्डर हस्तान्तरण गरिएको हो ।

बुटवल क्षेत्रका पुर्व नवलपरासी, पश्चिम नवलपरासी, पाल्पा, गुल्मी र स्याङ्जा जिल्लामा एनआरएनए अफ्रिकाले अक्सिजन आपूर्तिमा सहयोग गर्दैछ । एनआरएनए कङ्गो, मोजाम्बिक, घाना र आइभोरीकोस्टले यसमा सहयोगको पहल गरिरहेका छन ।

पूर्वमन्त्री देवेन्द्रराज कँडेलको पहलमा अक्सिजन हस्तान्तरण कार्यक्रममा लुम्बिनी प्रदेश सभा सद्स्य वैजनाथ जैसवाल, जिल्ला समन्वय प्रमुख शिव शंकर राय, रामग्राम कार्यपालिका सद्स्य सुनिता श्रेष्ठ, समाजसेवी त्रिलोक श्रेष्ठ, युवा सचेतना संस्था अध्यक्ष भाई इमामुल अली लगायतको उपस्थिति थियो ।

अक्सिजन सिलिण्डर जुटाउन सहयोग गर्ने लायन्स क्लब बुटवल स्टार एवं लायन्स घद्दछद्यद्द एरिया चिफ (सन्दिप कसौधन),लियो क्लब रामग्राम शाखाका अध्यक्ष विकास घिमिरे तथा रामग्राम नगरपालिका बोर्ड मेम्बर सुनिता श्रेष्ठलाई बुटवल क्षेत्रका पाँच जिल्लामा एनआरएनए अफ्रिकाको तर्फबाट सहयोग समन्वय गरिरहेका एनआरएनए कङ्गोका अध्यक्ष अमृत क्षेत्रीले विशेष आभार व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहिबार  ७ : ५४ बजे

जनताका मुद्धालाई केन्द्रमा राख्दै कम्युनिष्ट आन्दोलनलाई एकतातर्फ लैजानुपर्छ : अध्यक्ष नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार

धरौटीमा रिहा गर्ने आदेश भएको एक सातापछि दिपेश पुन धरौटी बुझाएर रिहा

बुटवल । सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलन प्रकरणमा

अवैध डेढ केजी बढी सुन र डेढ करोड रकम सहित सात जना पक्राउ

काठमाडौं ।अवैध सुनको कारोवारमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका(२४ स्थितबाट

आगलागी नियन्त्रणमा लिन र तत्काल राहतको व्यवस्था गर्न कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशभर आगलागी नियन्त्रण

अर्थ र उर्जामन्त्रीसँग कर्णालीका मुख्यमन्त्रीले राखे ६ बुँदे माग

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अर्थमन्त्री वर्षमान पुन