१८ चैत्र २०८२, बुधबार | April 1, 2026

प्रधानमन्त्रीको पक्षमा विश्वासको मत हाल्न एमालेद्वारा आफ्ना सांसदहरुलाई ह्वीप



काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्वीप लगाएको छ ।

एमाले संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले सबै सांसदहरुलाई अनिवार्य उपस्थित भै विश्वासको मतको पक्षमा मतदान गर्न ह्वीप लगाएका हुन् ।

मुख्यसचेतक भट्टराईले ह्वीप जारीगरेपछि संचारकर्मीहरुसँग प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा एमालेका कुनै पनि सांसदले मत हाल्ने संभावना नरहेको बताए । उनले पार्टीभित्र व्हीप लाग्ने र सांसदहरुले पार्टीको व्हीप मान्नु पर्ने बताए ।

उनले भने, “२०७४ सालको निर्वाचनमा नेकपा एमालेले जम्मा १ सय २१ सिट जितेको हो । त्यो १ सय २१ सिट संख्या यसपटक प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा उभिन्छ । बाँकी राजनीतिक दलहरुसंग हामीले सहयोग माग्ने मात्रै हो । अरु दललाई हाम्रो व्हीप लाग्दैन । निर्देशन लाग्दैन । प्रधानमन्त्रीले सबैलाई आग्रह गर्नुभएको छ । यदि विश्वासको मत प्राप्त भएन भने विपक्षीमा बसेर हामी मुलुक र जनताको सेवा गर्न तत्पर छौ ।”

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ६ : ०४ बजे

वैशाख २ गतेदेखि जुम्लामा आर्थिक गणना

जुम्ला । आगामी वैशाख २ गतेदेखि असार ७ गतेसम्म जुम्लामा

देशकै ठूलो यातायात संस्था : पश्चिम नेपाल बसको छैठौं साधारणसभा फरक शैलीमा

बुटवल । नेपालकै ठूलो यातायात व्यवसायी संस्था पश्चिम नेपाल बस

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को संसदीय दलको बैठक आज

चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते

बागमती । चट्याङ लागेर मकवानपुरको बागमती गाउँपालिकामा-१ भैसेमा एक जनाको