१५ चैत्र २०८२, आइतबार | March 29, 2026

बसभाडामा कालोबजारी गर्ने ४ जना यातायात कर्मचारी ट्राफिक महाशाखाबाट पक्राउ



काठमाडौँ । उपत्यकामा निषेधाज्ञा जारी भए पश्चात बैदेशिक रोजगारबाट फर्किने र जरुरी काम परि उपत्यका बाहिरका जिल्लाहरु जाने यात्रुहरुलाई काउण्टरका कर्मचारीहरुले छ गुणा बढि सम्म भाडा लिई ठगी गर्ने गरेको पाइएको छ ।

दैनिकजसो बढि भाडा लिई यात्रु ठगी गर्ने कार्यमा संलग्न काउण्टरका कर्मचारीहरु ट्राफिक प्रहरीको फन्दामा पर्दै आएका छन । ट्राफिक प्रहरीले हरेक दिन बढी भाडालिनेहरुलाई पक्राउ गरेपनि ठगी गर्ने धन्दा रोकिएको छैन । हालसम्म महाशाखाले एक्काईस जनालाई पक्राउ गरि कारबाहिको दायरामा ल्याईसकेको छ ।

निषेधाज्ञा लागु भएपछि अत्याबश्यक काम बिशेष र बिदेशबाट आई बाहिरी जिल्ला फर्किने यात्रुहरुसँग तोकिएको भन्दा बढि भाडा लिनेलाई कारबाहि गर्न डेडिकेटेड सिभिल टोली समेत परिचालन गरेका छौं । टोलीले त्यस्ता स्थान तथा काउण्टरहरुमा गई निगरानी गर्ने, यात्रुको भेषमा भाडा बार्गेनिङ्ग गर्ने, गोप्यरुपमा बुझ्ने र यात्रुसँग सोधपुछ गर्ने गर्दछ महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताए । आज पनि ट्राफिक प्रहरीले ४ जनालाई पक्राउ गरि कारबाहिको दायरामा ल्याएको छ ।

हामी निरन्तर अनुगमन एब गोप्य निग्रानी गरिरहेका छौं, तोकिएको भन्दा बढि भाडा लिएको पाइए जोसुकैलाई नियन्त्रणमा लिन्छौं, पछिल्लो समय काउन्टरका कर्मचारी तथा बुकिङ्ग स्टाफहरु नै बढि भाडा लिएको कसुरमा पक्राउ परेका छन् । उनले भने, यस तर्फ यातायात व्यबसायीहरुको यसतर्फ बिशेष ध्यान जान जरुरी छ ।

आज पनि गंगबु बसपार्क, कलंकी, कोटेश्वर र गौशाला क्षेत्रबाट ट्राफिक प्रहरीले यात्रु ठग्ने काउण्टरका कर्मचारी र बुकिङ्ग स्टाफलाई पक्राउ गरेको हो ।

ट्राफिक प्रहरीले काठमाण्डौंको ढुङ्गेधाराबाट बझाङ्ग जयपृथ्बी न.पा. ८ का बर्ष २४ को योगेन्द्र बोहोरा र बर्ष ३० का आकाश बिष्टलाई पक्राउ गरेको छ । उनीहरुले ना८ख८४९४ नम्बरको शुभ बिहानी यातायात मार्फत धनगढी जाने यात्रुसँग तोकिएको भन्दा बढि भाडा लिएका हुन । त्यसैगरि थाहा न.पा. ३ हेटौडा घर भई बालाजु बस्ने बर्ष ३२ को अमृत बिष्ट र गोर्खा घर भई मित्रनगर बस्ने बर्ष ४५ को सोम बहादुर गुरुङ्गलाई नयाँ बसपार्कबाट पक्राउ गरेको हो । उनीहरुले धनगढी जाने यात्रुसँग प्रति ब्यक्ति चार हजार देखि पैतालिस सयसम्म लिने गरेको महाशाखाले जनाएको छ ।

पक्राउ परेका चार जनालाई आबश्यक कारबाहीको लागी प्रहरी बृत्त बालाजुमा बुझाएको महाशाखाले जनाएको छ ।

 

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ७ : ०९ बजे

रमेश लेखकलाई जिल्ला सरकारी वकिलको कार्यालयमा उपस्थित गराइयो

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई जिल्ला

दुई गाउँको विवाद न्यायिक समिति र एक्यापद्वारा मेलमिलाप

मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-३ स्थित (छुसाङ-तेताङ) गाउँबीच प्राकृतिक

गुल्मीमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिकामा जिपको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

पूर्वमन्त्री एवं कांग्रेस नेता दीपक खड्का पक्राउ

काठमाडौं । पूर्व उर्जामन्त्री एवं कांग्रेस नेता दीपक खड्का पक्राउ

कालीगण्डकीमा ‘र्‍याफ्टिङ’ सञ्चालन

म्याग्दी । पोखराका पर्यटन व्यवसायीहरूले आन्तरिक पर्यटकलाई लक्षित गरी कालीगण्डकी