१३ माघ २०८२, मंगलबार | January 27, 2026

कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत ३ जना संक्रमितको मृत्यु



बुटवल । बुटवल स्थित कोरोना विशेष अस्तालमा साढे २ घण्टाकाबीच ३ जनाको मृत्यु भएको छ । कोरोना विशेष अस्पतालमा उपचाररत दाङ, कपिलवस्तु र रुपन्देहीका ३ जनाको मृत्यु भएको हो ।

लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार बैशाख १७ गते विशेष अस्पताल भर्ना भएका बनगाई कपिलवस्तुका ४३ वर्षिय पुरुषको आईतबार राती ८ः३० बजे मृत्यु भएको छ भने बैशाख १८ गते अस्पताल भर्ना भएका दाङ तुलसिपुर(छकी ३७ वर्षिया महिलाको आईतबार १०ः०७ बजे मृत्यु भएको छ । त्यसैगरि बैशाख २३ गते अस्पताल भर्ना भएका तिलोत्तमा २ का ५६ वर्षिय पुरुषको पनि आईतबार राती ९ः५० बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले जानकारी दिए ।

अस्पतालमा अहिले पनि १० बढी गम्भिर अवस्थाका संक्रमितहरु रहेको अस्पतालले जनाएको छ । कोरोना विशेष अस्पताल सहित लुम्बिनी प्रादेशिक अस्पतालको फिवर क्लिनीक, इमर्जेन्सी वार्ड सहित इमर्जेन्सीको खाली स्थानमा समेत संक्रमितहरुको उपचार भईरहेको छ ।

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  ९ : ०६ बजे

घृणाजन्य अभिव्यक्ति बन्द गर्न मानवअधिकार आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले शान्ति सुरक्षामा असर पर्ने घृणाजन्य

प्रतिनिधि सभा सदस्य निर्वाचन : ७७ वटै जिल्लामा आचारसंहिता अनुगमन अधिकृत तोकियो

काठमाडौं । फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य

निर्वाचन आचारसंहिता कडाइका साथ पालना गराउन उद्योगीको माग

काठमाडौं । निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता, २०८२ लाई

त्रिशूली किनारमा भेटिएको गणपति डिलक्स बसको उत्खनन कार्य स्थगित, बसभित्र मानव कङ्काल फेला

तनहुँ । तनहुँको आबुखैरेनी गाउँपालिका-५ दोन्द्राङवेसीस्थित त्रिशूली नदी किनारमा भेटिएको