१८ चैत्र २०८२, बुधबार | April 1, 2026

विपक्षी दलको बैठक स्थगित गरेर देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।

दिउसो २ बजे नयाँ सरकार गठनबारे छलफल गर्न विपक्षी राजनीतिक दलहरुको बैठक बोलाएका सभापति देउवाले त्यसलाई स्थगित गरेर पदाधिकारी बैठक बोलाएका हुन् । बैठक दिउँसो तीन बजे देउवा निवास बुढानिलकण्ठमा बोलाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार विश्वासको मत गुमाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबारसम्म संविधानको धारा ७६ (२) अनुसार दुई वा दुई भन्दा बढी दलहरुको सरकार गठनका निम्ति आह्वान गरेकी छन् । दलहरुसँग छलफल गर्नुअघि पार्टीभित्र छलफल गर्ने उद्देश्यले देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।

नयाँ प्रधानमन्त्रीका लागि दाबेदार देउवाका लागि जनता समाजवादी पार्टी जसपा एक नहुँदा गठबन्धन बनाउन समस्या भएको छ । जसपाको उपेन्द्र यादव पक्षले समर्थन जनाएपनि महन्थ ठाकुर पक्षले देउवालाई समर्थन नगर्ने स्पष्ट पारिसकेको छ । अब देउवाका लागि एमालेको माधवकुमार नेपाल पक्षले के गर्छ भन्ने विषय नै महत्वपूर्ण भएको छ । नेपाल पक्षले विपक्षी गठबन्धनलाई सहयोग गर्ने गरी काम गर्यो भने मात्र धारा ७६ २ अनुसार देउवाको नेतृत्वमा नयाँ सरकार बन्न सक्छ । अन्यथा, त्यो सम्भव देखिँदैन । राष्ट्रपति भण्डारीले पनि सरकार गठनका लागि छोटो समय दिएर कांग्रेस, माओवादीलाई थप दबाबमा पारेकी छन् ।

नयाँ सरकार निर्माणबारे सबै कोणबाट विश्लेषण गर्न देउवाले पदाधिकारी बैठक बोलाएका हुन् ।

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  ११ : ५९ बजे

नेपालको न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल

काठमाडौं । नेपालको न्यायिक इतिहासमा दोस्रोपटक महिलाले नेतृत्व गर्ने अवसर

संसद् अघिवेशनको अघिल्लो दिन सर्वदलीय बैठक

काठमाडौँ । संघीय संसद् सचिवालयको आह्वानमा सर्वदलीय बैठक सिंहदरबारमा बसेको

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

भैरहवा । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने लक्ष्यसहित

कांग्रेस नेता चन्द्र भण्डारीको प्रश्न -‘पाका नेताहरू पाका बन्नु पर्दैन र ?’

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले संयमित र

नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै

काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछिको