१७ श्रावण २०८३, आइतबार | August 2, 2026

कोरोना महामारी : २२५ जनाको मृत्यु, ९४८३ नयाँ संक्रमण



काठमाडौं । निरन्तर निषेधाज्ञाको बाबजुद पनि नेपालमा कोरोना संक्रमित हुनेको संख्या बढरहेको छ । मृत्यु संख्या झन चिन्ताजनक अवस्थामा पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर थप ९ हजार ४८३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । २१ हजार ३१६ परीक्षण गर्दा ९ हजार ४८३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या झन चिन्ताजनक हिसाबले बढिरहेको छ । मन्त्रालयले नेपाली सेनाबाट विभिन्न मितिमा गरिएको शव व्यवस्थापनको आधारमा समेत जोडेको रिपोर्ट अनुसार मंगलबार २२५ जनाको मृत्यु भएको जनाएको छ ।

यसअघि सोमबार १३९ जनाको मृत्यु भएको थियो भने ९ हजार २७१ जनामा संक्रमण पुष्टि भएको थियो । हालसम्म सक्रिय संक्रमितको संख्या ९७ हजार ८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५ हजार २२५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ३ लाख १२ हजार १९ जना संक्रमण मुक्त भएकाछन् ।
कोरोना संक्रमणबाट हालसम्म ४ हजार ८४ जनाको मृत्यु भैसकेको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  ५ : ५६ बजे

सन्तानेश्वर महादेव मन्दिर : धार्मिक पर्यटनको गन्तव्य

नेपालगन्ज । बाँकेको सन्तानेश्वर महादेव मन्दिर धार्मिक पर्यटनको गन्तव्यका रुपमा

प्रहरीको नियन्त्रणमा रहेका कर्मा समूहले यसरी मच्चाउथ्यो लुटपाट

काठमाडौँ । गत असार १३ गते बिहान करिब ४ः०० बजे

क्यान्सर अस्पतालका भौतिक पूर्वाधार निर्माणमा प्रदेश सरकारको सहकार्य हुनेछ : मन्त्री खत्री

नेपालगन्ज । लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री रत्न खत्रीले

‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ

काठमाडौं । अवैधरूपमा अन्तरराष्ट्रिय कल बाइपास (भिओआइपी) मा संलग्न चार

सुस्तामा भारतीय एसएसबीको प्रवेश, निर्माणाधीन बाँध भत्काए

बुटवल । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा आइतबार भारतीय सशस्त्र सीमा