११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

ओमानबाट विमान चार्टर गरेर अक्सिजन सिलिण्डर नेपाल पठाउने एनआरएनएको तयारी



लण्डन । कोभिडको दोश्रो चरणको लहरले नेपालमा अक्सिजनको चरम अभाव हुन थालेपछि गैरआवासीय नेपाली संघको सक्रियतामा अक्सिजन सिलिण्डर नेपाल पठाउने तयारी गरेको छ ।

गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. बद्री केसीका अनुसार मध्यपूर्वमा रहेका सबै राष्ट्रिय समितिसंगको सहकार्यमा संघले विमान चार्टर गरेर ६ सय अक्सिजन सिलिण्डर नेपाल पठाउने भएको हो । यसअघि संघले २ करोड रुपैयाँको अक्सिजन कन्सरट्रेसन नेपालमा पठाउने निर्णय गरेको थियो ।

नेपाली दूतावास ओमानको सहकार्यमा ओमानबाट ४० लिटर क्षमताका ६ सय वटा सिलिण्डर नेपाल पठाउन प्रक्रिया अगाडि बढिसकेको संघका सचिव आरके शर्माले जानकारी दिए ।

‘कोभिडको विषम परिस्थितिमा सिंगो मध्यपूर्वका नेपालीको अभियान, ६ सय अक्सिजन सिलिन्डरमार्फत दैनिक १२ सय नेपालीलाई जीवनदान’ भन्ने नाराका साथ एनआरएन मध्यपूर्वले अभियान थालेको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
‘अहिले नेपालमा कोरोना संक्रमितले हस्पिटलमा बेंड नपाएर छटपटाई छटपटाई ज्यान गुमाउनु परेका हृदयविदारक अवस्था छ भने अक्सिजनका सिलिंडरको अभावले गर्दा बचाउन सकिनेको पनि ज्यान गइरहेको छ, आजको यो स्थितिमा हामी मध्यपूर्ववासी नेपालीले एक हप्ताभित्र अक्सिजनका सिलिंडर नेपाल पठाउन अभियान सुरु गरेका छौ’ संयोजक शर्माले बताए ।

मध्यपूर्वमा रहेका एनआरएन एनसीसी, संघसंस्था तथा सहयोगी हातहरुबाट रकम उठाएर पहिलो चरणमा नेपालमा अक्सिजन सिलिण्डर पठाउन लागिएको एनआरएन मध्यपूर्वका संयोजक प्रविन गुरुङले जानकारी दिए । ‘हामीले एनआरएन आइसीसीको कार्यक्रम अन्तर्गत मध्यपूर्वबाट छुट्टै अभियान थालेका छौं, यो सहयोगले केही हदसम्म टेवा पुग्ने आशा राखेका छौं’ गुरुङले बताए ।

अहिले नेपालमा अक्सिजन उत्पादन भएता पनि सिलिण्डर अभाव हुँदा विरामीले अक्सिजन पाउन सकेका छैनन् । ओमानमा सिलिण्डर खरिदका लागि प्रकृया अगाडि बढिसकेको र नेपाली दूतावास ओमानले सहजीकरण गरिदिएको जानकारी एनआरएन प्रवत्ता तथा एनआरएन ओमानका संस्थापक अध्यक्ष डिबी क्षेत्रीले जानकारी दिए ।

एनआरएनएले कोरोना महामारीमा विभिन्न सहयोग कार्यक्रम ल्याइरहँदा एनआरएन मध्यपूर्वले तत्काल सिलिण्डर पठाउने अभियान थाल्दा अन्य क्षेत्रबाट पनि सहयोग गर्नुपर्ने आवश्यकता छ ।

एनआरएन सल्लाहकार टिवी कार्की, मध्यपूर्व उपसंयोजकद्वय मनोज गोर्खाली, राजेन्द्र अर्याल, एनआरएन ओमानका अध्यक्ष बिकल झाले मध्यपूर्वमा रहेका आम नेपालीलाई नेपालमा अक्सिजन सिलिण्डर पठाउने अभियानमा सहयोग गर्न आग्रह गरेका छन ।
ब्ब

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  ६ : ०७ बजे

बुटवलमा जेठ १५ र १६ गते दोस्रो जिल्ला स्तरीय खुला पुरुष डोरी तान प्रतियोगिता हुने

बुटवल । नेपाल खेलकुद महासंघ रुपन्देहीको आयोजनामा आगामी जेठ १५

एसईईमा ‘फोर जीपीए’ ल्याउने ४७ विद्यार्थीलाई बुटवल उपमहानगरद्वारा सम्मान

बुटवल । बुटवल उपमहानगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा

गणपति मिष्ठान्न भण्डारद्वारा ब्राण्ड दुरुपयोग भएको गुनासो

बुटवल । बुटवलमा करिब साढे दुई दशकदेखि सञ्चालनमा रहेको गणपति

दक्ष र गुणस्तरीय मात्र नभई कर्तव्यनिष्ठ जनशक्ति उत्पादन गर्न आग्रह

काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलले दक्ष र गुणस्तरीय मात्र

प्रधानमन्त्रीले भोलि इयूआबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग छलफल गर्ने

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले भोलि यहाँस्थित युरोपेली सङ्घ (इयू)मा