१५ बैशाख २०८१, शनिबार | April 27, 2024

स्पेनिस ला लिगा : उपाधि होडमा बार्सिलोनालाई धक्का



काठमाडौं । स्पेनिस ला लिगा फुटबलको बार्सिलोना लेभान्तेसंग बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा लेभान्तेसँग बार्सिलोना ३ –३ को बराबरीम रोकिएको हो ।

पहिलो हाफमा लियोनल मेस्सी र पेड्रो गोन्जालेज लोपेजले एक एक गोल गरि बार्सिलोनालाई २-० को अग्रता दिलाए । तर दोस्रो हाफमा सो अग्रता कायम हुन सकेन । लेभान्तेका गोन्जालो मेलेरो र जोसे लुइज मोरालेसले गोल गरि खेल २-२ को बराबरीमा ल्याए ।

६४ औँ मिनेटमा उसमान डेम्बेलेले गोल गरि पुनः बार्सिलोनालाई अग्रता दिलाए । तर ८३ औँ मिनेटमा लेभान्तेका सर्जिओ लिअनले बराबरी गोल गरे । बराबरीसंगै दोस्रो स्थानको बार्सिलेनाको दुई खेल बाँकी छंदा ७६ अंक भएको छ ।

तीन खेल खेल्न बाँकी रहेको शीर्ष स्थानको एथ्लेटिको मड्रिडको ७७ र तेस्रो स्थानको रियल मड्रिडको ७५ अंक छ । ला लिगा अन्तर्गत गएराति भएका अन्य अन्य खेलहरुमा ओसासुनाले काडिजलाई ३-२ ले र एलाभेसले एल्चीलाई २-० ले पराजित गरेका छन् ।

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ७ : १५ बजे

ढकमक्क ज्याकाराण्डा

काठमाडौं । काठमाडौंको कमलपोखरी परिसर छेउमा ढकमक्क फुलेको ज्याकाराण्डा फूल

बझाङमा उत्साहपूर्वक मतदान हुँदै

बझाङ । बझाङ प्रदेशसभा निर्वाचन ९१ ० मा मतदाता उत्साहपूर्वक

आइपिएलमा कोलकोतामाथि पञ्जाबको कीर्तिमानी जित

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति

शान्तिपूर्ण रूपमा इलाम-२ मा मतदान सुरु

इलाम । इलाम क्षेत्र-२ मा मतदान सुरु भएको छ ।

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी-२० सिरिजको पहिलो खेल आज

काठमाडौं । नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी-२० सिरिजको