१८ चैत्र २०८२, बुधबार | April 1, 2026

गण्डकी सरकारका लागि चार दलले प्रदेश प्रमुखलाई बुझाए बहुमतको दाबी



पोखरा । नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी जसपा र राष्ट्रिय जनमोर्चाले  कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री नियुक्त गर्न मागसहित गण्डकी प्रदेशको प्रदेश प्रमुख कार्यालयमा पत्र दर्ता गरेका छन्।

नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै चार दलको समर्थनसहितको पत्र प्रदेश प्रमुखकार्यालयमा दर्ता गरेका हुन् ।

दलहरुले प्रदेश प्रमुखलाई संविधानको धारा १६८ को उपधारा २ अनुसारको सरकार बनाउनका लागि दाबी पेश गरेका छन् ।

यही वैशाख २६ गते मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुखले आज अपरान्ह ४ बजेसम्मको समयभित्र दलहरुलाई बहुमतको सरकार बनाउन समय दिएकी थिइन ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा बहुमतका लागि ३१ सांसदको हस्ताक्षर आवश्यक पर्छ । राष्ट्रिय जनमोर्चाले आजै आफ्ना संसदीय दलका नेता कृष्ण थापालाई पार्टीको निर्देशन अवज्ञा गरेको आरोप लगाउँदै दलको नेताबाट हटाएको थियो ।

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ३ : ५४ बजे

मार्चमा आए एक लाख २० हजार पर्यटक

काठमाडौं । सन् २०२६ को मार्चमा एक लाख २० हजार

एमाले संसदीय दलको नेतामा रामबहादुर थापा चयन

काठमाडौं । नेकपा एमाले संसदीय दल नेता रामबहादुर थापा चयन

वीर अस्पतालको निर्णयः ढिलो आए कारण दिनुपर्ने, आधा दिन बिदा कटौती

काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल व्यवस्थापन समितिले

नक्कली लेटरप्याड प्रयोग गरेको भन्दै पूर्णबहादुर खड्कासहितका नेताहरुलाई कांग्रेसले गरायो सचेत

काठमाडौं । नेपाली कांग्रेसले नेपाली कांग्रेसको नक्कली लेटरप्याड बनाएर आफूसँग

लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका अबैध क्रसर उद्योग बन्द गर्न गृह मन्त्रालयको निर्देशन

नेपालगन्ज । लुम्बिनी प्रदेशका १२ वटा जिल्लामा सञ्चालन भइरहेका अवैध