१२ बैशाख २०८१, बुधबार | April 24, 2024

गण्डकी सरकारका लागि चार दलले प्रदेश प्रमुखलाई बुझाए बहुमतको दाबी



पोखरा । नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी जसपा र राष्ट्रिय जनमोर्चाले  कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री नियुक्त गर्न मागसहित गण्डकी प्रदेशको प्रदेश प्रमुख कार्यालयमा पत्र दर्ता गरेका छन्।

नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै चार दलको समर्थनसहितको पत्र प्रदेश प्रमुखकार्यालयमा दर्ता गरेका हुन् ।

दलहरुले प्रदेश प्रमुखलाई संविधानको धारा १६८ को उपधारा २ अनुसारको सरकार बनाउनका लागि दाबी पेश गरेका छन् ।

यही वैशाख २६ गते मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुखले आज अपरान्ह ४ बजेसम्मको समयभित्र दलहरुलाई बहुमतको सरकार बनाउन समय दिएकी थिइन ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा बहुमतका लागि ३१ सांसदको हस्ताक्षर आवश्यक पर्छ । राष्ट्रिय जनमोर्चाले आजै आफ्ना संसदीय दलका नेता कृष्ण थापालाई पार्टीको निर्देशन अवज्ञा गरेको आरोप लगाउँदै दलको नेताबाट हटाएको थियो ।

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ३ : ५४ बजे

नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी

काठमाडौं । नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा

काठमाडौं आइपुग्यो वेस्ट इन्डिज ए टिम

काठमाडौं । वेस्ट इन्डिज ए टिम काठमाडौं आइपुगेको छ ।

नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर

काठमाडौं । नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्य गर्ने

आसन्न महाधिवेशन कम्युनिष्ट आन्दोलनको ऐतिहासिक उपलब्धि हो : झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । नेपाल