११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

एनआरएनए अफ्रिकाद्वारा परासीमा अक्सिजन सिलिण्डर हस्तान्तरण



परासी । एनआरएनए अफ्रिकाको ‘मातृभुमिमा अक्सिजिन आपूर्तिका लागि सहयोग अभियान’ अन्तर्गत पश्चिम नवलपरासी जिल्लामा साठी थान सिलिन्डर अक्सिजन सहयोग हस्तान्तरण गरिएको छ ।

एनआरएनएका अफ़्रिकी शाखाहरुको आर्थिक सहयोग र लायन्स क्लब बुटवल तथा लियो क्लब अफ रामग्रामको ब्यवस्थापनमा ६० वटा अक्सिजन सिलिण्डर हस्तान्तरण गरिएको हो । जिल्लामा करिब २०० थान अक्सिजन सिलिन्डर प्रदान गर्ने कार्यक्रम अनुरुप पहिलो चरणमा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रलाई ६० थान सिलिण्डर हस्तान्तरण गरिएको हो ।

बुटवल क्षेत्रका पुर्व नवलपरासी, पश्चिम नवलपरासी, पाल्पा, गुल्मी र स्याङ्जा जिल्लामा एनआरएनए अफ्रिकाले अक्सिजन आपूर्तिमा सहयोग गर्दैछ । एनआरएनए कङ्गो, मोजाम्बिक, घाना र आइभोरीकोस्टले यसमा सहयोगको पहल गरिरहेका छन ।

पूर्वमन्त्री देवेन्द्रराज कँडेलको पहलमा अक्सिजन हस्तान्तरण कार्यक्रममा लुम्बिनी प्रदेश सभा सद्स्य वैजनाथ जैसवाल, जिल्ला समन्वय प्रमुख शिव शंकर राय, रामग्राम कार्यपालिका सद्स्य सुनिता श्रेष्ठ, समाजसेवी त्रिलोक श्रेष्ठ, युवा सचेतना संस्था अध्यक्ष भाई इमामुल अली लगायतको उपस्थिति थियो ।

अक्सिजन सिलिण्डर जुटाउन सहयोग गर्ने लायन्स क्लब बुटवल स्टार एवं लायन्स घद्दछद्यद्द एरिया चिफ (सन्दिप कसौधन),लियो क्लब रामग्राम शाखाका अध्यक्ष विकास घिमिरे तथा रामग्राम नगरपालिका बोर्ड मेम्बर सुनिता श्रेष्ठलाई बुटवल क्षेत्रका पाँच जिल्लामा एनआरएनए अफ्रिकाको तर्फबाट सहयोग समन्वय गरिरहेका एनआरएनए कङ्गोका अध्यक्ष अमृत क्षेत्रीले विशेष आभार व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहिबार  ७ : ५४ बजे

बुटवलमा जेठ १५ र १६ गते दोस्रो जिल्ला स्तरीय खुला पुरुष डोरी तान प्रतियोगिता हुने

बुटवल । नेपाल खेलकुद महासंघ रुपन्देहीको आयोजनामा आगामी जेठ १५

विचार- बौद्ध सजगता : तनाव व्यवस्थापनको वैज्ञानिक उपाय

लुम्बिनी । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को सन् २०२१ मा

एसईईमा ‘फोर जीपीए’ ल्याउने ४७ विद्यार्थीलाई बुटवल उपमहानगरद्वारा सम्मान

बुटवल । बुटवल उपमहानगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा

गणपति मिष्ठान्न भण्डारद्वारा ब्राण्ड दुरुपयोग भएको गुनासो

बुटवल । बुटवलमा करिब साढे दुई दशकदेखि सञ्चालनमा रहेको गणपति

दक्ष र गुणस्तरीय मात्र नभई कर्तव्यनिष्ठ जनशक्ति उत्पादन गर्न आग्रह

काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलले दक्ष र गुणस्तरीय मात्र