१५ चैत्र २०८२, आइतबार | March 29, 2026

बाँकेमा उपचाररत ९ जना कोरोना संक्रमितको एकैरातमा मृत्यु



नेपालगन्ज । बाँकेमा रातभरीमा ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेका ५ जना, बर्दियाका २ जना र दाङका २ जना रहेका छन् । आज मृत्यु भएसँगै बाँके जिल्लाका २१३ जना र बाँकेमा उपचारका लागि आएका मध्य १६३ जनाको कारोना संक्रमणका कारण मृत्यु भएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार भेरी अस्पताल नेपालगन्जमा मा ३ जना, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ६ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा नेपालगन्ज– १ बाँकेकी ४३ वर्षिया महिला, बैजनाथ–६ बाँकेका ६४ वर्षिय पुरुष, डुडुवा–३ बाँकेकी ५० वर्षिया महिला, नरैनापुर–५ बाँकेका ४२ वर्षिय पुरुष र नेपालगन्ज–१२ बाँकेकी ७५ वर्षिया महिला रहेका छन् । त्यसैगरि राजापुर–६ बर्दियाकी ५६ वर्षिया महिला, गुलरिया–८ बर्दियाकी ३२ वर्षिया महिला, तुलसिपुर–६ दाङका ४३ वर्षिय पुरुष र तुलसिपुर–५ दाङकी ३५ वर्षिया महिलाको पनि उपचारका क्रममा मृत्यु भएको डीसीसीएमसी बाँकेका कोरोना फोकलपर्शन तेज ओलीले बताएका छन् ।

 

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहिबार  ८ : ३३ बजे

नागरिकको सुरक्षा हुनेगरी मनसुनको पूर्वतयारी गर्न गृहमन्त्री गुरुङको निर्देशन

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले आमनागरिकको सुरक्षा हुनेगरी मनसुन पूर्वतयारी

ओली र लेखकलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

बेटिङ एप र वेबसाइट बन्द गर्न प्राधिकरणलाई निर्देशन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनलाइन सट्टेबाजी एप

रविको अभियोगपत्र फिर्ता विरुद्धको रिट सर्वोच्चको पूर्ण इजलासमा सुनुवाइ हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्धको