१५ चैत्र २०८२, आइतबार | March 29, 2026

माधव नेपालले थाले राजीनामा पछिको अवस्थाबारे कानुनी परामर्श



काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले कारवाही फुकुवा गरेर नेपाल पक्षलाई फकाउन खोजेपनि एमाले वरिष्ठ नेता माधव नेपालले भने सामुहिक राजीनामा गर्ने प्रक्रियालाई अगाडि बढाएका छन् । बरिष्ठ नेता नेपालले सांसद पदबाट राजीनामा तथा राजीनामा पछि आगामी दिनमा आउन सक्ने कानुनी अड्चनका विषयमा कानुनी परामर्श थालेका छन् ।

नेपाल निवास कोटेश्वरमा वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, गोविन्द बन्दी र टिकाराम भट्टराईलाई बोलाएर नेपालले छलफल गरिहेको नेपाल निकट स्र्रोतले जनाएको छ ।

वरिष्ठ नेता नेपालले बोलाएपछि आफु नेपाल निवास गएको अधिवक्ता गोविन्द शर्मा बन्दीले पुष्टि गरे । छलफलको बिषयमा भने बन्दीले केहि बताउन चाहेनन् । ‘म नेपाल निवासमा छु अरु पछि कुरा गरौंला ।’ बन्दीले भने ।

नेपालपक्षले सामुहिक राजीनामा दिने अन्तिम तयारीको सुचना पाए लगत्तै अध्यक्ष ओलीले राजीनामा रोकाउने रणनिती सहित नेपाल पक्षका ४ नेतालाई गरेको कारवाही फुकुवा गरेका छन् । राजीनामा बुझाईहालेको अवस्थामा आफुले ठुलो दलका हैसियतले पुनः प्रधानमन्त्री दाबी गर्ने अवसर गुम्ने अवस्था देखिएपछि ओलीले कारवाही फुकुवा गर्दै नेपाल पक्षलाई फकाउने रणनितीमा अगाडि बढेका हुन् । नेपाल पक्षले भने पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा नलैजाँदा सम्म कुनै सहमती हुन नसक्ने अडान लिँदै आएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(२) अनुसारको बहुमतीय सरकार गठनका लागि दिएको म्याद सकिन लागेसँगै नेपाल पक्षले सामुहिक राजीनामाको तयारीलाई अगाडि बढाएको थियो । ओली नेतृत्वको सरकारको विकल्पमा देउवाले नेतृत्व गरेको विपक्षी गठबन्धनले नयाँ सरकार बनाउने भनिएपनि नेपाल पक्षको सहयोग बिना संसदीय गणित देउवाका लागि अपुग हुने देखिन्छ ।

नेपाल पक्षले भने बिहीबार अपरान्ह ४ बजेसम्म आफुहरुले उठाउँदै आएका एजेण्डामा प्रतिवद्धता जनाउन ओलीलाई समय दिएका छन् । २६ गते राति वरिष्ठ नेता नेपालले ओलीलाई पठाएको ६ बुँदे माग सम्बोधन गर्नुपर्ने नेपाल पक्षको माग छ ।

नेपाल पक्षमा भिम रावल सहितका केहि नेताहरु राजीनामा दिएरपनि ओलीलाई सत्ताच्युत गर्ने पक्षमा रहेपनि दोस्रो पुस्ताका नेताहरुल भने राजीनामाको बिकल्प खोज्न नेताहरुलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहिबार  १ : ११ बजे

नागरिकको सुरक्षा हुनेगरी मनसुनको पूर्वतयारी गर्न गृहमन्त्री गुरुङको निर्देशन

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले आमनागरिकको सुरक्षा हुनेगरी मनसुन पूर्वतयारी

ओली र लेखकलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

बेटिङ एप र वेबसाइट बन्द गर्न प्राधिकरणलाई निर्देशन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनलाइन सट्टेबाजी एप

रविको अभियोगपत्र फिर्ता विरुद्धको रिट सर्वोच्चको पूर्ण इजलासमा सुनुवाइ हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्धको