२३ बैशाख २०८१, आइतबार | May 5, 2024

कोरोना कहर : रुपन्देहीबाट प्रकाशित हुने पत्रपत्रिका जेठ १ गतेबाट बन्द हुने



बुटवल । कोरोना भाइरस कोभिड-१९ को कारण पत्रपत्रिका वितरण तथा समाचार संकलन, प्रकाशनमा असर परेको भन्दै रुपन्देहीका पत्रिपत्रिकाहरु केही दिनका लागि प्रकाशन स्थगित हुने भएको छ ।

प्रकाशन तथा प्रसारण समाज रुपन्देहीका अध्यक्ष नवराज कुँवरले प्रेस विज्ञप्ती जारी गर्दै कोभिड-१९ को विषम परिस्थितिमा पनि पत्र पत्रिका प्रकाशन हुदै आएकोमा निषेधाज्ञाबाट आबद्द सञ्चार माध्यमहरुले जसोतसो गरी प्रकाशित गरेका पत्रिका वितरणमा समेत दिन प्रतिदित चुनौती थपिदै गएको भन्दै पत्रपत्रिका केही दिनका लागि बन्द गर्ने निर्णय गरिएको जानकारी दिए ।

विज्ञप्तीमा भनिएको छ-‘ प्रकाशन तथा प्रसारण समाज नचाहदा नचाहदै पनि मिति २०७८ जेष्ठ १ गते देखि केही दिनका लागि रुपन्देहीबाट प्रकाशित हुने सबै पत्रपत्रिका प्रकाशन स्थगन गरिएको सुचना दिन वाध्य भएको छ ।’

कोभिड-१९ को अवस्थालाई मध्यनजर गरी सक्दो छिटो पत्रिका पुनः प्रकाशन गर्ने प्रतिबद्दता समेत प्रकाशन प्रसारण समाज रुपन्देहीले जाहेर गरेको छ ।

प्रसारण अन्तर्गतका रेडियो, टेलिभिजन तथा अनलाईन सञ्चार माध्यमहरुले भने कोभिड-१९ को स्वास्थ्य मापदण्ड अपनाई सञ्चार माध्यममा कार्यरत श्रमजिवी पत्रकार, कर्मचारीहरुको स्वास्थ्यमा असर नपर्ने गरि सुरक्षित रही प्रसारण गर्न सकिने समेत अनुरोध समेत विज्ञप्तीमा गरिएको छ ।

 

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहिबार  ५ : १२ बजे

घरजग्गा कारोबारमा अझै बढेन ‘कन्फिडेन्स’

काठमाडौं । अर्थतन्त्रका आन्तरिक तथा बाह्य सूचकहरु सकारात्मक देखिएको भए

सन्दीपको मुद्धा न्यायाधीशद्वय निरौला र ढुंगेलको इजलासमा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पेसी तोकिएको छ

भारतसँग जोडिएका सिरहाका सीमानाका आठ दिन बन्द हुने

सिरहा । छिमेकी राष्ट्र भारतको विहार राज्यमा हुने लोकसभा निर्वाचनलाई

१०० रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने नेपालको निर्णयप्रति भारत असन्तुष्ट

काठमाडौं। सरकारले एक सय रुपैयाँ नोटमा नयाँ चुच्चे नक्सा राख्ने

सन्दीपको मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको बलात्कारसम्बन्धी मुद्दामा उच्च अदालत पाटनमा