५ पुस २०८२, शनिबार | December 20, 2025

रुपन्देहीमा २४ घण्टाका बीचमा १८ जना कोरोना संक्रमितको मृत्यु



बुटवल । रुपन्देहीमा पछिल्लो २४ घण्टाको अवधिमा १८ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । रुपन्देहीमा सोही समयावधीमा ज्यान गुमाएको संख्या अहिले सम्मकै बढी संख्या हो । २४ घण्टाकैबीचमा जिल्लामा १२९७ नमुना परीक्षण गर्दा ४९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने सोही अवधीमा ४९२ जना कोरोना मुक्त भएका छन् ।

आज रुपन्देहीको बुटवल उपमहानगरमा १९४ जना, तिलोत्तमामा १३० जना, सिद्धार्थनगरमा ४५ जना, सैनामैनामा ४१ जना, देवदह र कञ्चनमा २०।२० जना कोरोना संक्रमित थपिएका छन् । त्यसैगरि सियारीमा ११ जना, कोटहिमाईमा ९ जना, ओमसतियामा ८, सुद्धोधनमा ५ जना, गैडहवामा ४ जना, मायादेबीमा ३, रोहिणीमा २ र लुम्बिनी साँस्कृतिक नगर तथा सम्मरीमाईमा १।१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

जिल्लामा मृत्यु हुनेको संख्या ३२७ पुगेको छ भने रुपन्देहीमा ७४७० जना सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहिबार  ७ : ०६ बजे

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन

तोडिएका ठेक्काको तत्काल टेण्डर गरौं : मन्त्री घिसिङ

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने

काठमाडौँ । हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र

बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’

खोटाङ । नेपाल सरकारले बाँसबाट निर्माण हुने भौतिक संरचनाको डिजाइनसम्बन्धी