१५ चैत्र २०८२, आइतबार | March 29, 2026

बैंकले अत्यावश्यक बाहेकका सेवा नदिने, डिजिटल कारोबार गर्न सुझाव



काठमाडौं‌ । बैंकहरुले अत्यावश्यक बाहेकका बाहेकका सेवा नदिने भएको छ । नेपाल बैंकर्स संघले बिहीबार विज्ञप्ति जारी गर्दै कोरोनाको कहरबीच सुरक्षित तरिकाले विद्युतीय कारोवार गर्न आग्रह गरेको छ ।

‘डिजिटल बैंकिङ प्रयोग गर्दा कुनै समस्या आएमा वा सहयोग आवश्यक परेको खण्डमा सम्बन्धित बैंकमा फोन वा इमेलमार्फत सम्पर्क गर्न सकिने छ,’ विज्ञप्तिमा भनिएको छ ।

बैंकले ५० हजार भन्दा माथिको रकम जम्मा गर्नमात्रै बैंकमा आउन आग्रह गरेको छ । यसबाहेक खाताबाट नगद झिक्ने, रेमिट्यान्स, आरटीजीएस र अन्तर्राष्टिय व्यापार सम्बन्धी सेवा मात्रै दिने निर्णय गरेको छ ।

यस बाहेकका कामहरुका लागि डिजिटल कारोबार रोज्न संघको आग्रह छ । यस्तै बैंकका सबै एटिएम खुला रहनुका साथै बैंकका कल सेन्टरसमेत कार्यालय समयभर उपलब्ध हुने जानकारी गराइएको छ ।

ग्राहकको स्वास्थ्यलाई ध्यानमा राख्दै शाखामा भीडभाड नगर्न तथा जोखिम कम गर्न निषेधाज्ञा अवधिभरका लागि बैंकका शाखामार्फत केही सेवा भने निरन्तर रहने संघले जनाएको छ ।

 

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहिबार  ८ : ०७ बजे

नागरिकको सुरक्षा हुनेगरी मनसुनको पूर्वतयारी गर्न गृहमन्त्री गुरुङको निर्देशन

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले आमनागरिकको सुरक्षा हुनेगरी मनसुन पूर्वतयारी

ओली र लेखकलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

बेटिङ एप र वेबसाइट बन्द गर्न प्राधिकरणलाई निर्देशन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनलाइन सट्टेबाजी एप

रविको अभियोगपत्र फिर्ता विरुद्धको रिट सर्वोच्चको पूर्ण इजलासमा सुनुवाइ हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्धको