२२ भदौ २०८३, सोमबार | September 7, 2026

देउवा : दिनभर दौडधुप साँझ शिथिल



काठमाडौं । प्रतिनिधि सभामा हाल कायम सदस्य संख्याको बहुमत नपुग्ने अवस्थापछि नेपाली कांग्रेस वैकल्पिक सरकार दाबी गर्नबाट ‘ब्याक’ भएको छ ।

लामो कसरत र प्रयासपछि आफ्नो पक्षमा संख्या जुटाउन नसकेपछि कांग्रेस बहुमतको वैकल्पिक सरकार दाबी गर्नबाट पछि हटेको हो ।

कांग्रेसले गत २७ बैशाखमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा विश्वासको मत लिन नसकेपछि सरकारमाथि दाबी गर्ने भन्दै विपक्षी दलसँग सघन छलफल अघि बढाएको थियो ।

त्यसक्रममा विपक्षमा नै रहेको नेकपा माओवादी केन्द्रको समर्थन पाए पनि जनता समाजवादी पार्टीको सिंगो समर्थन प्राप्त गर्न नसकेपछि कांग्रेस सरकार दाबीबाट पछि हटेको हो ।

कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले कांग्रेसको मात्रै संख्याले बहुमत नपुग्ने अवस्था भएको र जसपाले साथ नदिएपछि सरकारमाथि दाबी गर्ने अवस्था नरहेको बताए । कांग्रेसलाई जसपाभित्रको उपेन्द्र यादव र डा. बाबुराम भट्टराईले भने वैकल्पिक सरकार गठनका लागि सहयोग गर्ने वचन दिएका थिए ।

तर, बिहीबार दिनभर एमालेकै माधव नेपाल समूहको निर्णयसमेत कुरेको कांग्रेसले सो समूहको राजीनामा नआउने अवस्था विकसित भएपछि सरकार दाबी प्रयासबाट पछि हटेको हो ।

कांग्रेसले अन्तिम अवस्थामा पनि जसपा अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोसँग छलफल ग¥यो । तर, उनीहरू कांग्रेस नेतृत्वको सरकारका लागि तयार नभएपछि सभापति देउवाले माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफ्नै निवास बोलाएर अवस्थाबारे जानकारी दिए ।

देउवाले बिहीबार साँझ नै पदाधिकारी बैठक बोलाएर अवस्थाबारे जानकारी गराए । त्यसक्रममा उनले सरकारमाथि दाबी गर्ने अवस्था नबनेको ‘ ब्रिफिङ’ नेतासमक्ष गरे । कांग्रेस निर्णयसँगै प्रधानमन्त्री पदमा ओली नै पुग्ने पक्का भएको हो । नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीबाट गत सोमबार राति नै आह्वान भइसकेको छ ।

राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (२) अनुसार बहुमतीय आधारमा नयाँ सरकार गठनका लागि आहवान गरेकी थिइन् । सो व्यवस्थाअनुसार प्रतिनिधि सभामा रहेका दुई वा दुईभन्दा बढी दलले बहुमत पु¥याएको अवस्थामा सरकारमाथि दाबी गर्न सक्छन् । यसअघि, प्रधानमन्त्री ओलीले संसद्मा विश्वासको मत लिँदा भने जसपाको ठाकुर र महतो समूह तटस्थ बसेको थियो । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  ७ : २८ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार