१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

बेड र अक्सिजन अभावका कारण मृतक संख्या बढ्दै



बुटवल । लुम्बिनी प्रदेशको अस्थाई मुकाम रुपन्देही अहिले कोभिड-१९ को हटस्पट बनेको छ । मंगलबार एक दिननै अक्सिजन समयमा नपाउदा अस्पतालले स्वीकार गरेको ८ जना र भर्ना भएका संक्रमितको आफन्तहरुको भनाईका आधारमा १४ जनासम्म बिरामीको ज्यान गएको छ ।

दैनिक बिरामीको चापको तुलनामा अस्पतालमा आईसियु, भेन्टिलेटर बेड तथा अक्सिजन ग्यासको अभाव देखिएको चिकित्सकहरुको दाबी छ । अस्पतालको बराण्डामा बिरामीका आफन्तहरु भर्नाका लागि हारगुहार गरिहेका भेटिन्छन । सरकारी अस्पतालमा आईसियु सेटअप कमभएकाले पनि बिरामीहरुलाई रिफर गर्नुपर्ने बाध्यता छ ।

बिरामीहरुका आफन्त एम्बुलेन्समा बोकेर जानुहुन्छ तर कुनै पनि ठाउमा नराखिदिदा फेरि घुमाएर अस्पतालमा ल्याईपुर्याउँदा मृत्यु भएको धेरै केशहरु रहेको लुम्बिनी प्रादेशिक अस्पतालका ईमेन्जेर्सीका ईन्चार्ज ईन्द्र राई बताउछन । ‘दैनिक बिरामीको चाप बढि छ ।’– उनले भने । सामान्य जरो, रुघाखोकीका बिरामीहरु पनि नीजि अस्पताल र क्लिनिकमा नहेरि सरकारीमा पठाईदिदा समस्या बढेको उनको दाबी छ ।

कोरोना फोकलपर्सन डा.नन्दु पाठकले अस्पताल आउने बिरामी मध्य सिरियस निमोनिया भएर आउने बिरामीहरु बढिभएको बताए । यस्ता बिरामीहरुलाई आईसियुको आवश्यकताका साथै भेन्टिलेटरमा उपचार गर्नुपर्ने हुन्छ तर सिमित आईसियु र भेन्टिलेटरकाकारणले गर्दा सबैलाई उपचार गर्न नसकिएको उनले दुखेसो गरे । ‘कडा खालको म्युटेनभाईरस भएकाले पनि मृत्यु दर बढेको छ । ’–उनले भने ।

रुपन्देहीमा रहेका ३ उद्योगबाट अधिकतम उत्पादन गर्दा बढीमा १ हजार १ सय सिलिण्डर रिफिल भैरहेको छ भने यहा रहेको एक दर्जन बढी अस्पतालमा भने १ हजार ५ सय सिलिण्डर प्रत्यक दिन खपत भइरहेको छ ।

उद्योगको गेटमा सैनामैना नगरपालिकास्थित पदमपाणि योग तथा प्राकृतिक चिकित्शालयकाे अस्थाई कोरोना अस्पतालबाट अक्सिजन लिनआएको अर्जुन बिक पनि दिक्क छन । अस्पतालको बेडमा भएका बिना अक्सिजनका ४० जना बिरामीहरु उनले सम्झिरहेका छन । ‘कहिले के हुने हो पत्तो छैन ।’– उनले भने । अस्पतालबाट धेरै पहल भएपनि अक्सिजन पाउन मुश्किल परेको उनले दुखेसो गरे । उद्योगबाट अक्सिजनको बितरण व्यवस्थापन राम्ररी नभएको उनले बताए । उनिहरुजस्तै धेरै बिरामीका आफन्त अहिले अक्सिजन उद्योगको गेटमा धर्ना दिईरहेका छन । रुपन्देहीमा ३ वटा अक्सिजन उद्योगबाट उत्पादनहुने अक्सिजनले अहिलेको मागलाई धान्न नसक्ने अवस्थामा पुगेको छ ।

लुम्बिनी अक्सिजन ईण्डिट्रिज प्रालि ओमसतियाका म्यानेजर लेखनाथ भट्टराईले अन्य समयमा दैनिक आठ घण्टा चलाउदै आएको उद्योग अहिले २४ घण्टा संचालन गरिएको बताए । ‘उद्योगको क्षमता प्रतिघण्टा १२ वटा सिलिण्डर छ ।’– उनले भने । यस हिसाबले हामीले २४ घण्टा चलाउदा २ सय ८८ सिलिण्डर रिफिल गरेर बितरण गरिरहेको उनले बताए । ‘बाहिर बिरामीका आफन्तहरु किन अक्सिजन पाईएन भनेर निक्कै चिन्तित हुनुहुन्छ तर हामीले आफुले सके सम्मको उत्पादन गरिरहेका छौ ।’– उनले भने । जिल्ला प्रशासन कार्यालयको निर्देशन अनुसार प्रहरीमार्फत नै सबै व्यवस्थापन गरिएको उनले बताए ।

यता तिलोत्तमा नगरपालिका वडा नं. १४ स्थित लुम्बिनी अक्सिजन ग्यास प्रालिका म्यानेजर अर्जुन क्षेत्री कोरोना महामारीमा धेरै समस्या उत्पन्नभएको बताए । सामान्य समयमा आठ घण्टा चलाउदै आएको उद्योग अहिले २४ घण्टा चलाउनुपर्ने बाध्यता आएको उनले बताए । ‘२४ घण्टामा २ सय ५० सम्म उत्पादन हुन्छ ।’– उनले भने । पुर्ण रुपमा २४ घण्टा चलाउन भने नसकिएको उनले दुखेसो गरे । विद्युत कै कारण प्लान्टमा समस्या आईरहेको उनले बताए । बिरामीको ज्यान बचाउन दिनरात चलाएर उत्पादनमालागेको छौ तर विद्युत पटकपटक काटिदा समस्याभएको उनले बताए । सरकारले ४० वटा सिलिण्डर हेलिकप्टर ल्याउने भन्दापनि उद्योगलाई विद्युतआपुर्ति गरिदिदा राम्रो हुने उनले सुझाव दिए ।

प्रशासनले भने अक्सिजन व्यवस्थापनका लागि जिल्लामा रहेका तीनवटा अक्सिजन उद्योगहरु शंकर अक्सिजन ग्यास प्रालि, लुम्बिनी अक्सिजन इण्डस्ट्रिज र लुम्बिनी अक्सिजन इण्डस्ट्रिज प्रालिमा नेपाल प्रहरीमार्फत बितरण प्रक्रिया अगाडी बढाएको छ । औद्योगिक क्षेत्रका फलाम उद्योगहरुमा अक्सिजन सिलिण्डर दिन पूर्ण निषेध गर्ने र कोभिड १९ को उपचार गर्ने अस्पतालहरुलाई पहिलो प्राथमिकता एवं स्थानीय तहबाट सञ्चालित कोभिड अस्थायी अस्पताल,संस्थागत,होटेल,होम आइसोलेसन र बुटवल उपमहानगरबाट सञ्चालित अक्सिजन बैंकमा औचित्यका आधारमा वितरण गरेको बताए ।

रुपन्देहीमा सञ्चालीत उद्योगहरुले स्थानीय प्रशासनलाई प्रत्यक २४ घण्टामा ११२६ थान अक्सिजन सिलिण्डर दिन सक्ने गरि प्रतिबद्धता ब्यक्त गरेका छन् । उद्योगहरुको प्रतिबद्धता अनुसार स्थानीय प्रशासनले अस्पतालहरुलाई कोटा पनि निर्धारण गरेको छ । तर प्रशासनले निर्धारण गरेको कोटाले अस्पतालको १४-१६ घण्टा पनि धान्न नसक्ने अस्पतालहरुले जनाएका छन् ।

स्थानीय प्रशासनको यो ब्यवस्थाले रुपन्देहीका कोभिड १९ का संक्रमितको उपचार गराईरहेका अस्पतालहरुलाई हरेक दिन करिव ७०० सिलिण्डर अक्सिजन अपुग हुन्छ । अपुग हुने अक्सिजनको आपुर्तिको बिषयमा भने ठोस निर्णय हुन नसक्दा हरेक दिन अस्पतालका प्रमुखहरुले बिरामीको ज्यान बचाउन चिच्याउन, कराउन र गुहार माग्न बाध्य बनेका छन् ।

स्थानीय प्रशासनले शंकर अक्सिजन ग्याँस प्रा.लिले प्रत्यक दिन लुम्बिनी प्रादेशिक अस्पताललाई २३० थान, भिम अस्पताललाई १५० थान र मेडिकल कलेजलाई १२० थानको कोटा निर्धारण गरेको छ । त्यसैगरि लुम्बिनी अक्सिजन ईण्डष्ट्रिजले लुम्बिनी प्रादेशिक अस्पताललाई ५० थान, भिम अस्पताललाई ५० थान र मेडिकल कलेजलाई १५० थान दिनु पर्ने तथा लुम्बिनी अक्सिजन प्रा.लिले लुम्बिनी प्रादेशिक अस्पतालाई ५० र मेडिकल कलेजलाई १५० थान दिनु पर्ने कोटा निर्धारण गरिएको छ । उद्योगहरुले दिएको क्षमता विरणका आधारमा शंकर ग्याँसले ५०, लुम्बिनी अक्सिजनले ३८ र लुम्बिनी प्रा.लिले ८८ थान स्थानीय प्रशासनको सिफारिसमा अन्य निकायलाई दिने गरि ब्यवस्था गरिएको छ ।

स्थानीय प्रशासनको यो ब्यवस्थाले रुपन्देहीका कोभिड १९ का संक्रमितको उपचार गराईरहेका अस्पतालहरुलाई हरेक दिन करिव ७०० सिलिण्डर अक्सिजन अपुग हुन्छ । अपुग हुने अक्सिजनको आपुर्तिको बिषयमा भने ठोस निर्णय हुन नसक्दा हरेक दिन अस्पतालका प्रमुखहरुले बिरामीको ज्यान बचाउन चिच्याउन, कराउन र गुहार माग्न बाध्य बनेका छन् ।

रुपन्देहीमा लुम्बिनी प्रादेशिक अस्पतालमा आजको अवस्थामा प्रत्यक दिन ४५० सिलिण्डर अक्सिजन खपत भईरहेको, भिम अस्पतालमा ३५० सिलिण्डर खपत भईरहेको र मेडिकल कलेजमा ४०० सिलिण्डर खपत भईरहेको ती अस्पतालहरुले जनाएका छन् । संक्रमित थपिने क्रम तिब्र रहेको अवस्थामा भईरहेको खपत बराबरको पनि अक्सिजनको कोटा नतोकिदिँदा अस्पतालमा भर्ना रहेका संक्रमितहरुको ज्यान जोखिममा पर्ने गरेको लुम्बिनी प्रादेशिक अस्पतालका प्रमुख डा. राजेन्द्र खनाल बताउँछन् । सबै अस्पतालहरुमा अस्पताल आएका सबैलाई भर्ना लिने हो भने अहिले २००० थान सिलिण्डर पनि अपुग हुने अवस्था रहेको छ ।

रुपन्देहीमा दैनिक एक हजार ६ सय सिलिन्डर अक्सिजनको माग रहे पनि शंकर अक्सिजन ग्यास प्रालि,लुम्बिनी अक्सिजन इण्डस्ट्रिज र लुम्बिनी अक्सिजन इण्डस्ट्रिज प्रालि गरि ३ वटा उद्योगबाट बढीमा एक हजार सिलिन्डर मात्रउत्पादन गरेर वितरण गरिदै आएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख राजेन्द्र गिरीले जानकारी दिए ।

तस्वीर : स्वस्तिक श्रेष्ठ

 

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  ८ : ५८ बजे

बुटवल उपमहानगरमा ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिको घरदैलोमा पुगेर स्वास्थ्य परीक्षण

बुटवल । बुटवल उपमहानगरपालिकामा ज्येष्ठ नागरिक र फरक क्षमता भएका

एन आई सी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

काठमाडौ । एन आई सी एशिया बैंकले कोशी प्रदेशमा आयोजना

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौं। नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ

सुदूरपश्चिम सरकार छोड्न नाउपा अध्यक्ष रञ्जिताको लिखित निर्देशन

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम

लोकेश बमको शतकका बाबजुद आयरल्याण्ड वोल्भ्ससँग नेपाल पराजित

काठमाडौं। आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई पराजित गरेको छ ।