५ पुस २०८२, शनिबार | December 20, 2025

प्रधानमन्त्री ओलीको सपथग्रहण दिउँसो २:३० बजे



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सपथग्रहण आज दिउँसो साढे २ बजे हुनेभएको छ ।

संविधानको धारा ७६ को उपधारा ३ अनुसार संसदमा रहेको सबैभन्दा ठूलो दलको हैसियतमा बिहीबार राति नियुक्ति पाएका ओलीको पुनः सपथग्रहण हुन लागेको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पद तथा गोपनीयताको सपथ ग्रहण आज दिउँसो २ः३० बजे हुन लागेको जानकारी गराएका छन् ।

यही बैशाख २७ गते प्रतिनिधिसभामा विश्वासको मत गुमाएपछि ओली पदमुक्त भएका थिए । त्यसलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिमा दुई वा दुई भन्दा बढी दलको समर्थनमा सरकार बनाउन दिएको समयसीमा भित्र कुनै पनि दलले दाबी नगरेपछि पुनः ओलीलाई नै नियुक्त गरेकी थिइन ।

ओली यससँगै तेस्रो पटक प्रधानमन्त्री बनेका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  १० : ५४ बजे

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन

तोडिएका ठेक्काको तत्काल टेण्डर गरौं : मन्त्री घिसिङ

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने

काठमाडौँ । हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र