११ कार्तिक २०८३, बुधबार | October 28, 2026

प्रादेशिक आर्थिक वृद्धिमा लुम्बिनी अगाडि



काठमाडौं । आर्थिक वर्ष ०७७/७८ मा सबै प्रदेशको आर्थिक वृद्धिदर गत आर्थिक वर्षको तुलनामा बढ्ने अनुमान गरिएको छ ।

केन्द्रीय तथ्याङ्क विभागले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार प्रथम चरणको कोरोना सङ्क्रमण महामारीपछि अर्थतन्त्र सामान्य अवस्थातर्फ फर्किन खोजेको अवस्थाका आधारमा सबै प्रदेशको गार्हस्थ्य उत्पादन बढ्ने देखिएको हो ।

विभागले वैशाख १६ गतेदेखि जारी निषेधाज्ञा १५ दिनसम्म मात्रै रहने अनुमानका आधारमा प्रदेशगत अर्थतन्त्रको प्रक्षेपण गरेको जनाएको छ । विभागका अनुसार चालू आर्थिक वर्ष सबैभन्दा धेरै आर्थिक वृद्धिदर लुम्बिनी प्रदेशको रहने प्रक्षेपण छ । गत आर्थिक वर्ष १.८ प्रतिशतले ऋणात्मक रहेको लुम्बिनीको आर्थिक वृद्धिदर ३.९ प्रतिशतले बढेर कुल गार्हस्थ्य उत्पादन चालू आर्थिक वर्ष पाँच खर्ब ९६ अर्ब रुपियाँ पुग्ने अनुमान छ ।

लुम्बिनीपछि बागमती, प्रदेश १, प्रदेश २, गण्डकी र कर्णालीको समान ३.६ प्रतिशत वृद्धिदर रहने प्रक्षेपण गरिएको छ । विभागका अनुसार यो वृद्धिदरले चालू आर्थिक वर्ष बागमतीको अर्थतन्त्रको आकार १६ खर्ब आठ अर्ब, प्रदेश १ को छ खर्ब ६४ अर्ब, प्रदेश २ को पाँच खर्ब ६२ अर्ब र कर्णालीको एक खर्ब ७२ करोड रुपियाँ रहने प्रक्षेपण गरिएको छ ।

सबभन्दा कम आर्थिक वृद्धिदर सुदूरपश्चिम प्रदेशको रहने प्रक्षेपण विभागको छ । गत आर्थिक वर्ष ०.६ प्रतिशतको झिनो वृद्धिदर हासिल गरेको यो प्रदेशले चालू आर्थिक वृद्धिदर ३.४ प्रतिशतको रहने विभागले जनाएको छ । उक्त समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०७८, शनिबार  ७ : ३४ बजे

सुनको मूल्य तोलामा ९ सय र चाँदीको १० रुपैयाँले बढ्यो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य वृद्धि भएको छ।

अबदेखि नागरिकताको प्रतिलिपि जुनसुकै जिल्लाबाट पनि बनाउन सकिने

काठमाडौं । अबदेखि नागरिकता बनाउन जिल्ला धाइरहन नपर्ने भएको छ

आन्ध्र प्रदेशको तटीय क्षेत्रमा १५० किमि प्रतिघण्टासम्मको हावाहुरी

काठमाडौं । बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवात ‘अर्नब’को प्रभावले भारतको

भूमिगत राजनीतिदेखि कृषि उद्यमसम्म : म्याग्दीका पूर्व संविधानसभा सदस्य श्रीसको नयाँ यात्रा

म्याग्दी । कुनै समय भूमिगत राजनीतिमा सक्रिय रहेका म्याग्दीको मङ्गला

भारतीय फूलको आयात रोक्न झापाका किसानको माग

झापा । व्यावसायिक फूलखेती गर्दै आएका झापाका किसानले भारतीय सयपत्री