१३ भदौ २०८३, शनिबार | August 29, 2026

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर



खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्नेमा जोड दिएका छन् । काँग्रेस, बाँकेको क्षेत्र नम्बर ३ कार्यसमितिले खजुरा बजारमा आज आयोजना गरेको कार्यकर्ता भेलालाई सम्वोधन गर्दै सहमहामन्त्री राठौरले लोकतन्त्रको प्रवद्र्धन र नेतृत्व विकास दुवैका दृष्टिले एउटै व्यक्ति पटक–पटक एकै क्षेत्रबाट चुनाव लड्नु उपयुक्त नहुने धारणा राखे ।

सहमहामन्त्री राठौरले निर्वाचन घोषणा भएको ३ महिना भैसक्दा पनि सरकारले गर्नु पर्ने शान्ति सुरक्षा लगायत आवश्यक व्यवस्थाको अभावले निर्वाचन सुनिश्चित हुन नसकेको बताए । घोषित मितिमा निर्वाचन गर्नुको विकल्प नदेखिएको अवस्थामा सरकार, सुरक्षा अंग र सम्वद्ध निकायले तत्काल आवश्यक पहलकदमी लिनु पर्नेमा उनले जोड दिए ।

सहमहामन्त्री राठौरले नेपाली काँग्रेस मुलुकको एउटामात्र लोकतान्त्रिक पार्टी भएकाले देश, जनता र व्यवस्थाले जित्ने अवस्था निर्माण गर्नु काँग्रेसका लागि सधैँ प्रतिष्ठाको विषय रहेको बताए । उनले काँग्रेस कमजोर हुँदा लोकतन्त्रमात्र नभै मुलुक नै कमजोर हुने ऐतिहासिक तथ्यलाई मनन् गर्दै आगामी फाल्गुण २१ मा हुने निर्वाचनमा पार्टीलाई जिताउन सम्पूर्ण काँग्रेसजन गम्भीर हुनु पर्ने बताए ।

उनले महाधिवेशन पार्टीको आन्तरिक विषय भएकाले महाधिवेशनले पार्टीलाई कमजोर बनाउने अवस्था नआओस्, थप बलियो बनाएर अघि बढाउन मद्दत गरोस् भन्नेमा सबैको चाहना, कामना र भूमिका हुनु पर्ने बताए ।

प्रकाशित मिति : २० मंसिर २०८२, शनिबार  ९ : १७ बजे

भोटेकोशीमा बाढीको जोखिम कायमै

काठमाडौं । जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले

बाढी र लेदो पन्छाएपछि काठमाडौं-मुग्लिन सडक सञ्चालनमा

काठमाडौं । बाढी र लेदोका कारण प्रभावित पृथ्वी राजमार्गअन्तर्गत काठमाडौं-मुग्लिन

नेपाल ‘ए’ भिक्टोरियाविरुद्ध सुखद अन्त्यको खोजीमा

काठमाडौं । अष्ट्रेलियामा जारी तेस्रो संस्करणको टप एण्ड टी-२० सिरिजमा

गाईजात्रामा भक्तपुरका पूर्व फर्केका नौ ढुङ्गेधारा खोज्दै नयाँ पुस्ता

भक्तपुर । भक्तपुरको सापारु अर्थात् गाईजात्रामा धेरैले घिन्ताङघिसी, तहामचा (ताहासा)

पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु

कास्की । पोखराको मुख्य बजार क्षेत्रमा शुक्रबार साँझ परेको भारी