५ पुस २०८२, शनिबार | December 20, 2025

भिम अस्पतालमा उपचाररत कोरोना संक्रमितलाई माओवादी केन्द्रको बेसार पानी र तातो अण्डा



बुटवल । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सिद्धार्थनगर नगर कमिटीले कोरोना संक्रमण भएर भिम अस्पताल भर्ना भएका विरामीका लागि निःशुल्क तातो बेसार पानी, ज्वानो पानी, चिया र अण्डा वितरण शुरु गरको छ ।

उपचाररत संक्रमितहरुलाई आजबाट माओआदी केन्द्रका कार्यकर्ताहरुले बेसार पानी, ज्वानो पानी र चियाका साथमा अण्डा वितरण गर्न थालेका हुन् ।

दिनको तिन पटक विहान, ७ बजे देखि ९ बजे सम्म, दिउसो १२ देखि २ बजे सम्म र साझ ५ बजे देखी ७ बजे सम्म विरामीलाई आवश्यकता अनुसार तातो पानी, बेसार, ज्यानो पानी, चिया र अण्डा वितरण गरिने पार्टीका नगर ईञ्चार्ज डार्विन रोक्का मगरले बताए ।

कोरोनाका कारण अस्पतालमा भर्ना भएका विरामी र उनका कुरुवाहरुका लागि आवश्यक पर्ने खानेकुराहरु स्थानिय बजारमा निषेधाज्ञा जारि भएपछि पाउन छाडेकाले पार्टीले निःशुल्क रुपमा वितरण गर्न शुरु गरेको पार्टीका विद्यार्थी नेता तुल्सी न्यौपानेले बताए ।

वितरण कार्यक्रम पार्टीको नगर कमिटी, जनबर्गिय संगठन वाईसिएल नेपालले संयुक्त रुपमा संचालन गर्ने पार्टीको नगर कार्यालयले जनाएको छ । माहामारीको बेलामा विपदमा परेका विरामीहरुका लागि मानवताको हिसावले सहयोग गरिएको पार्टीका नेता फैज अहमद खानले जनाए ।

सो पार्टीले अस्पतालमा शुरु गरिएको वितरण कार्यक्रमलाई सफल पार्नका लागि सवैले आआफ्नो क्षेत्र बाट सहयोग पुराउन पनि अनुरोध गरेको छ ।

 

 

प्रकाशित मिति : १ जेष्ठ २०७८, शनिबार  १० : ३२ बजे

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन

तोडिएका ठेक्काको तत्काल टेण्डर गरौं : मन्त्री घिसिङ

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने

काठमाडौँ । हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र