२३ बैशाख २०८१, आइतबार | May 5, 2024

लमजुङ जिल्ला अस्पतालमा पाँच वर्षमुनिका बालबालिकालाई निःशुल्क उपचार



लमजुङ । बेसीशहर स्थित लमजुङ जिल्ला अस्पतालले पाँच वर्ष मुनिका बालबालिकालाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेको छ ।

मानव विकास तथा सामुदायिक सेवा (एचडिसिएस)को सहयोगमा पाँच वर्षभन्दा कम उमेरका बालबालिकालाई अस्पतालमा उपलब्ध सबै स्वास्थ्य सेवा निःशुल्क प्रदान गरेको अस्पतालका प्रशासन प्रमुख हेमन्त श्रेष्ठले जानकारी दिए ।

अन्तरङ्ग सेवा, बहिरङ्ग सेवा, आकस्मिक सेवा, ल्याव सेवा, एक्स-रे लगायतका सेवा निःशुल्क गरेको प्रशासन प्रमुख श्रेष्ठले बताए । उक्त स्वास्थ्य सेवाका लागि बालवालिकाकाको अभिभावकले जन्मदर्ताको प्रतिलिपि पेस गर्नुपर्नेछ ।

अस्पतालमा करिव एक सातादेखि यो कार्यक्रम भएको जनाएको छ । उक्त कार्यक्रम तीन वर्षसम्म सञ्चालन हुने जनाइएको छ । यस्तै, लमजुङमा क्रियाशील पत्रकारहरूका लागि बहिरङ्ग सेवामा ५० प्रतिशत छुट दिँदै आएको छ ।

गरिब, विपन्न व्यक्तिका साथै वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्तिलाई पनि अस्पतालले निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएको प्रशासन प्रमुख श्रेष्ठले बताए ।

प्रकाशित मिति : २ जेष्ठ २०७८, आइतबार  ६ : ३४ बजे

मुहान सुकेपछि खानेपानीका लागि ट्याङ्करमा निर्भर

पाँचथर । सुक्खाका कारण खानेपानीको मुहान सुकेपछि पाँचथरको हिलिहाङ गाउँपालिका-७

गुजरातमाथि रोयल च्यालेन्जर्स ४ विकेटले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलुरुले

धार्मिक पर्यटन प्रवर्द्धन गर्न हलेसी-बराहक्षेत्र र पाथीभरा जोडिने

खोटाङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी-बराहक्षेत्र र पाथीभरालाई

छ करोडको लागतमा तनहुँको बुल्दीखोलामा पुल बन्दै

तनहुँ । व्यास नगरपालिका-१ र २ जोड्नेगरी कराङकाठ-बसपार्क जाने बुल्दीखोलामा

दोदा नदीमा डुबेर दुई जनाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु