६ बैशाख २०८१, बिहिबार | April 19, 2024

प्रधानमन्त्री ओलीलाई भेटेकै हो, व्यक्ति ओलीलाई हैन : बाबुराम भट्टराई



काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीको संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफुले प्रधानमन्त्रीलाई भेट गरेको स्पष्ट पारेका छन् ।

डा. भट्टराईले आइतबार बिहान ट्वीटरमार्फत आफुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रिय सरकार गठनको विषयमा छलफल गर्न भेट गरेको स्पष्ट पारेका हुन् । भट्टराईले यस्तो सरकारका विषयमा ओलीले असहमति जनाएपछि आफुले अरु कसैलाई नभनेको पनि जनाएका छन् ।

भट्टराईले भनेका छन्, ‘महाविपत्ति उन्मुख देशलाई निकास दिन मैले व्यक्ति ओली हैन प्रम ओलीलाई भेटेकै हो । मैले वर्तमानरपूर्व प्रम बाहेकका व्यक्तिको नेतृत्वमा राष्ट्रिय सरकार बनाऊ भनेकै हो । वहाँले नमानेपछि अरूलाई नभनेको हुँ ।’

भट्टराईले आफुले महावित्तिउन्मुख देशलाई निकास दिन व्यक्ति केपी शर्मा ओलीलाई नभै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरेको स्पष्ट पारेका छन् । उनले संविधानको धारा ७६ को ५ अनुसार अझै पनि त्यस्तो सरकार बनाउने सकिने बताउँदै त्यसबारे सोच्न आग्रह गरेका छन् ।

प्रकाशित मिति : २ जेष्ठ २०७८, आइतबार  ८ : २७ बजे

मुनाफा नभए पनि टेलिकमले दूरदराजमा गुणस्तरीय सेवा दिनुपर्छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको समृद्धिमा

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए शपथ

बुटवल । लुम्बिनी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त

धनगढी । एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारी सुदूरपश्चिम

मधेश प्रदेशमा तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विहीवार मन्त्री परिषद

बुटवलको ड्रिम इन्टरनेशनल होटलले सर्वसाधारमा शेयर जारी गर्दै

बुटवल । बुटवलको ड्रिम इन्टरनेशनल होटलले साधारण शेयर (आईपीओ) जारी