७ आश्विन २०८३, बुधबार | September 23, 2026

प्रधानमन्त्री ओलीलाई भेटेकै हो, व्यक्ति ओलीलाई हैन : बाबुराम भट्टराई



काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीको संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफुले प्रधानमन्त्रीलाई भेट गरेको स्पष्ट पारेका छन् ।

डा. भट्टराईले आइतबार बिहान ट्वीटरमार्फत आफुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रिय सरकार गठनको विषयमा छलफल गर्न भेट गरेको स्पष्ट पारेका हुन् । भट्टराईले यस्तो सरकारका विषयमा ओलीले असहमति जनाएपछि आफुले अरु कसैलाई नभनेको पनि जनाएका छन् ।

भट्टराईले भनेका छन्, ‘महाविपत्ति उन्मुख देशलाई निकास दिन मैले व्यक्ति ओली हैन प्रम ओलीलाई भेटेकै हो । मैले वर्तमानरपूर्व प्रम बाहेकका व्यक्तिको नेतृत्वमा राष्ट्रिय सरकार बनाऊ भनेकै हो । वहाँले नमानेपछि अरूलाई नभनेको हुँ ।’

भट्टराईले आफुले महावित्तिउन्मुख देशलाई निकास दिन व्यक्ति केपी शर्मा ओलीलाई नभै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरेको स्पष्ट पारेका छन् । उनले संविधानको धारा ७६ को ५ अनुसार अझै पनि त्यस्तो सरकार बनाउने सकिने बताउँदै त्यसबारे सोच्न आग्रह गरेका छन् ।

प्रकाशित मिति : २ जेष्ठ २०७८, आइतबार  ८ : २७ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११