११ श्रावण २०८३, सोमबार | July 27, 2026

संसद जीवितै छ, नियमित प्रक्रियाबाटै बजेट आउँछ : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेट नियमित प्रक्रियाबाटै आउने बताएका छन् ।

पार्टीका नेता माधवकुमार नेपालसँग छलफल पछि संचारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले संसद जीवितै रहेकाले नियमित प्रक्रियाबाटै बजेट आउने बताएका हुन् । प्रधानमन्त्रीले ओलीले भने, ‘प्रतिनिधिसभा जिवितै छ । अध्यादेशबाट बजेट ल्याउनेबारे छलफल भएको छैन ।’

संविधान अनुसार जेठ १५ गते बजेट ल्याउनै पर्छ । त्यसकालागि नियमित प्रक्रिया अनुसार बैशाखको २० गतेभित्र संसदअधिवेशन बोलाएर सरकारको नीति तथा कार्यक्रम ल्याउनुपथ्र्यो । नीति तथा कार्यक्रम पास भैसकेपछि सोही कार्यक्रममा आधारमा जेठ २ गतेसम्म प्रिबजेट छलफल भैसक्नु पथ्र्यो । तर, सरकाले अहिलेसम्म संसदको बजेट अधिवेशन आह्वान समेत गरेको छैन ।

केही दिनअघिमात्रै संसदबाट विश्वास गुमाएका प्रधानमन्त्री ओलीलाई नीति तथा कार्यक्रम नै कसरी पास हुने वातावरण बनाउनैका लागि अधिवेशन आह्वानमा ढिलाई गरिरहेका छन् ।

एमालेभित्रको विवाद समाधान गरे आफ्ना १२१ सांसदको साथमा जसपाको महन्थ ठाकुर पक्षका सांसदहरु जोरजाम पार्दा नीति तथा कार्यक्रम र बजेट पास गर्न सकिने भएका कारण ओलीले सोही प्रयोजनका लागि अधिवेशनमा ढिलाई गरेको विश्लेषण गरिएको छ । त्यसो भएमा अल्पमतको सरकारले समेत संसदमा बहुमत सिद्ध गर्नसक्ने सोच प्रधानमन्त्री ओलीको रहेका  छ ।

तर, ढिलो गरी संसद अधिवेशन बोलाएर बजेट पारित गर्नुअघिका सबै नियमहरु निलम्बन गरी फास्ट ट्याकमा अघि बढ्ने रणनीतिमा प्रधानमन्त्री ओली रहेको देखिएको छ ।

 

प्रकाशित मिति : २ जेष्ठ २०७८, आइतबार  ४ : ०७ बजे

विद्यार्थी आन्दोलनमा पक्राउ परेकालाई रिहा गर्न सीजेपीको माग

नयाँदिल्ली । भारतको युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको

नवउद्यमी प्रवद्र्धनमा बुटवल उद्योग वाणिज्य संघ र एनवाइइएफ बिच सहकार्य प्रतिवद्धता

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र युवा उद्यमी

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा

सुनसरीमा सामाजिक सद्भाव कायम गर्न सर्वपक्षीय सहमति

विराटनगर । सुनसरीको देवानगञ्जमा दुई समूहबीच भएको हिंसात्मक झडपपछि उत्पन्न