२४ बैशाख २०८१, सोमबार | May 6, 2024

संसद जीवितै छ, नियमित प्रक्रियाबाटै बजेट आउँछ : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेट नियमित प्रक्रियाबाटै आउने बताएका छन् ।

पार्टीका नेता माधवकुमार नेपालसँग छलफल पछि संचारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले संसद जीवितै रहेकाले नियमित प्रक्रियाबाटै बजेट आउने बताएका हुन् । प्रधानमन्त्रीले ओलीले भने, ‘प्रतिनिधिसभा जिवितै छ । अध्यादेशबाट बजेट ल्याउनेबारे छलफल भएको छैन ।’

संविधान अनुसार जेठ १५ गते बजेट ल्याउनै पर्छ । त्यसकालागि नियमित प्रक्रिया अनुसार बैशाखको २० गतेभित्र संसदअधिवेशन बोलाएर सरकारको नीति तथा कार्यक्रम ल्याउनुपथ्र्यो । नीति तथा कार्यक्रम पास भैसकेपछि सोही कार्यक्रममा आधारमा जेठ २ गतेसम्म प्रिबजेट छलफल भैसक्नु पथ्र्यो । तर, सरकाले अहिलेसम्म संसदको बजेट अधिवेशन आह्वान समेत गरेको छैन ।

केही दिनअघिमात्रै संसदबाट विश्वास गुमाएका प्रधानमन्त्री ओलीलाई नीति तथा कार्यक्रम नै कसरी पास हुने वातावरण बनाउनैका लागि अधिवेशन आह्वानमा ढिलाई गरिरहेका छन् ।

एमालेभित्रको विवाद समाधान गरे आफ्ना १२१ सांसदको साथमा जसपाको महन्थ ठाकुर पक्षका सांसदहरु जोरजाम पार्दा नीति तथा कार्यक्रम र बजेट पास गर्न सकिने भएका कारण ओलीले सोही प्रयोजनका लागि अधिवेशनमा ढिलाई गरेको विश्लेषण गरिएको छ । त्यसो भएमा अल्पमतको सरकारले समेत संसदमा बहुमत सिद्ध गर्नसक्ने सोच प्रधानमन्त्री ओलीको रहेका  छ ।

तर, ढिलो गरी संसद अधिवेशन बोलाएर बजेट पारित गर्नुअघिका सबै नियमहरु निलम्बन गरी फास्ट ट्याकमा अघि बढ्ने रणनीतिमा प्रधानमन्त्री ओली रहेको देखिएको छ ।

 

प्रकाशित मिति : २ जेष्ठ २०७८, आइतबार  ४ : ०७ बजे

व्यक्ति केन्द्रित भएर कांग्रेसले आफ्नो माग जारी राखे हामी सहमत हुदैनौं : महेश बर्तौला

काठमाडौं। नेकपा एमाले समग्र सहकारी ठगि प्रकरणमा छानबिन गर्न आफुहरु

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सर्यो

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सरेको छ

कतार एयरवेजको विमान उड्नेक्रममा धुँवा देखियो, प्राविधिक परिक्षण हुदैं

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थालबाट कतार एयरवेजको ६५३ उडान

हिरासत छल्न अस्पताल जाने प्रवृत्ति रोक्न गृह मन्त्रालयको तीन बुँदे निर्देशन

काठमाडौं । गृह मन्त्रालयले अनुसन्धान वा अभियोजनका लागि पक्राउ परेका