६ श्रावण २०८३, बुधबार | July 23, 2026

म्याग्दीको बेनी अस्पतालमा अक्सिजन बैंक स्थापना



म्याग्दी । म्याग्दीको बेनी अस्पतालमा अक्सिजन बैंक स्थापना भएको छ । अस्पताल परिसरमा खाली सिलिन्डर पनि भर्न मिल्नेगरी सञ्चालन गरेको अक्सिजन प्रशोधन केन्द्र (अक्सिजन प्लान्ट)लाई अक्सिजन बैंकको रूपमा परिणत गरिएको हो ।

अस्पतालले अहिले संक्रमितलाई आवश्यक अक्सिजनको जोहो गरिरहेको छ । साथै तीव्ररूपमा फैलिएको कोरोना (भाइरस)का संक्रमितको उपचारमा अक्सिजन अभाव हुन नदिन बजारमा खाली रहेका अक्सिजनका सिलिण्डर संकलन गरी अक्सिजन भर्न थालिएको अस्पतालले बताएको छ ।

विभिन्न संघसंस्था, कम्पनी र उद्योगसँग भएका अक्सिजन सिलिण्डर संकलन गरेर एकद्वार प्रणालीबाट कोरोना संक्रमितको उपचारका लागि उपलब्ध गराउन बैंक स्थापना गरिएको अस्पताल विकास समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए । ‘अक्सिजन बैंकमा विभिन्न क्षेत्रबाट खाली र भरिएका सिलिण्डर संकलन भइरहेको छ,’ उनले भने ।

बेनीबजारमा प्रहरीले अक्सिजन सिलिन्डर संकलन अभियान शुरू गरेको छ । आठओटा पसल, ग्यारेज तथा उद्योगमा रहेका ११ ओटा सिलिण्डर भरिएको र १० ओटा खाली सिलिण्डर संकलन गरिएको म्याग्दीका प्रहरी प्रमुख (डीएसपी) श्यामकुमार राईले बताए । संकलन गरिएका २२ थान अक्सिजन प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको उपस्थितिमा अस्पताल विकास समितिका अध्यक्ष बेलबहादुर कटुवाललाई हस्तान्तरण गरिएको डीएसपी राईले बताए ।

कोरोना महामारीको अवस्था सहज भएपछि सम्बन्धित व्यक्तिहरूलाई फिर्ता गर्नेगरी सबै प्रक्रिया पूरा गरेर अक्सिजन सिलिण्डर संकलन गरिएको उनको भनाइ छ ।

प्रदेश सरकारले चालू आर्थिक वर्षमा उपलब्ध गराएको १० लाख रुपैयाँ बजेटले पलान्टबाट अस्पतालको शøयामा अक्सिजन पु¥याउन पाइपलाइन जडान गरिएको छ । प्लान्टले एक दिनमा १५ ओटासम्म सिलिण्डरमा अक्सिजन भर्न सक्ने क्षमता राख्छ । आजको आर्थिक अभियान दैनिकमा खबर छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०७८, सोमबार  ७ : १५ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क