२३ भदौ २०८३, मंगलबार | September 8, 2026

एनआरएनएको सक्रियतामा बागलुङमा टेलिमेडिसिनको सुरुआत



लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके र बेलायतस्थित स्वीनफल च्यारिटेवल ट्रष्टको सहयोगमा बागलुङ अस्पतालमा आइतबारदेखि टेलिमेडिसिन सेवा सुरु भएको छ ।

गैरआवासीय नेपाली संघका महासचिव डा. हेम राज शर्माका अनुसार सो सेवामार्फत बागलुङ अस्पतालमै रहेर बेलायतका प्रतिष्ठित विशेषज्ञ डाक्टरहरुबाट विरामीहरुले निःशुल्क स्वास्थ्य सेवा लिन सक्ने छन् ।

यसअघि ट्रष्टले विश्वका ७९ देशका तीन सय ६६ अस्पतालमा सात सय विशेषज्ञ मार्फत ती सेवा दिंदै आएको छ ।

अन्तराष्ट्रिय बागलुङ समाजको समन्वयमा स्थापना भएको सो सेवा संचलान गर्नको लागि गैरआवासीय नेपाली संघ यूकेकी अध्यक्ष पुनम गुरुङ्ग, संघको केन्द्रीय पार्षद चन्द्र गुरुङ्गले उल्लेख्य भूमिका निर्वाह गरेका थिए ।

अन्तराष्ट्रिय बागलुङ समाजका अध्यक्ष एकराज गिरीका अनुसार सो सेवालाई भविष्यमा बागलुङकै अन्य क्षेत्रमा पनि यो सेवा क्रमश: बिस्तार गर्दै जाने योजना रहेको छ । बागलुङमा टेलिमेडिसिन सेवा संचालनको लागि आवश्यक प्रवन्ध गर्न बाग्लुङ्ग नगरपालिकाका मेयर जनक पौडेलले सहयोग गरेका थिए ।

 

टेलिमेडिसिन भनेको के हो ?
टेलिमेडिसिन स्वास्थ्य सेवाको क्षेत्रहरुमा नयाँ आयाम हो । टेलिमेडिसिन सेवामा मार्फत सूचना तथा प्रविधिको प्रयोगले ग्रामीण र दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा प्रदान गर्ने गरिन्छ । यो सेवामा विरामीहरुले विश्वभरका स्वास्थ्य सम्बन्धी विज्ञसंग भिडियो वा इलेक्ट्रोनिक माध्यबाट आफ्ना समस्यहरु राख्न सक्ने छन् ।

बिरामीहरुको समस्यालाई हेरेर विज्ञ चिकित्सकहरुले उपचारको लागि सुझाव दिने छन् । यो अहिले विश्वका ग्रामीण क्षेत्रमा निकै लोकप्रिय उपचार विधीको रुपमा विस्तार भैरहेको सेवा हो ।

प्रकाशित मिति : ३ जेष्ठ २०७८, सोमबार  ९ : ५९ बजे

रसुवा बाढीबाट सिक्नुपर्ने पाठ

सोलुखुम्बु । रसुवाको हिमाली क्षेत्रमा गत भदौ १० गते आएको

शहीदहरूको बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध प्रतिक्रियावादी चलखेल भइरहेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद

सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की

काठमाडौ  ।  पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन र परिवर्तनका लागि आ–आफ्नो

फेरि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । केहीदिन ओरालो लागेको सुनको भाउ मंगलबार तोलामा ३

मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न कांग्रेस नेता आङ्देम्बेको माग

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं संसदीय दलका सदस्य भीष्मराज