१६ बैशाख २०८१, आइतबार | April 29, 2024

एनआरएनएको सक्रियतामा बागलुङमा टेलिमेडिसिनको सुरुआत



लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके र बेलायतस्थित स्वीनफल च्यारिटेवल ट्रष्टको सहयोगमा बागलुङ अस्पतालमा आइतबारदेखि टेलिमेडिसिन सेवा सुरु भएको छ ।

गैरआवासीय नेपाली संघका महासचिव डा. हेम राज शर्माका अनुसार सो सेवामार्फत बागलुङ अस्पतालमै रहेर बेलायतका प्रतिष्ठित विशेषज्ञ डाक्टरहरुबाट विरामीहरुले निःशुल्क स्वास्थ्य सेवा लिन सक्ने छन् ।

यसअघि ट्रष्टले विश्वका ७९ देशका तीन सय ६६ अस्पतालमा सात सय विशेषज्ञ मार्फत ती सेवा दिंदै आएको छ ।

अन्तराष्ट्रिय बागलुङ समाजको समन्वयमा स्थापना भएको सो सेवा संचलान गर्नको लागि गैरआवासीय नेपाली संघ यूकेकी अध्यक्ष पुनम गुरुङ्ग, संघको केन्द्रीय पार्षद चन्द्र गुरुङ्गले उल्लेख्य भूमिका निर्वाह गरेका थिए ।

अन्तराष्ट्रिय बागलुङ समाजका अध्यक्ष एकराज गिरीका अनुसार सो सेवालाई भविष्यमा बागलुङकै अन्य क्षेत्रमा पनि यो सेवा क्रमश: बिस्तार गर्दै जाने योजना रहेको छ । बागलुङमा टेलिमेडिसिन सेवा संचालनको लागि आवश्यक प्रवन्ध गर्न बाग्लुङ्ग नगरपालिकाका मेयर जनक पौडेलले सहयोग गरेका थिए ।

 

टेलिमेडिसिन भनेको के हो ?
टेलिमेडिसिन स्वास्थ्य सेवाको क्षेत्रहरुमा नयाँ आयाम हो । टेलिमेडिसिन सेवामा मार्फत सूचना तथा प्रविधिको प्रयोगले ग्रामीण र दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा प्रदान गर्ने गरिन्छ । यो सेवामा विरामीहरुले विश्वभरका स्वास्थ्य सम्बन्धी विज्ञसंग भिडियो वा इलेक्ट्रोनिक माध्यबाट आफ्ना समस्यहरु राख्न सक्ने छन् ।

बिरामीहरुको समस्यालाई हेरेर विज्ञ चिकित्सकहरुले उपचारको लागि सुझाव दिने छन् । यो अहिले विश्वका ग्रामीण क्षेत्रमा निकै लोकप्रिय उपचार विधीको रुपमा विस्तार भैरहेको सेवा हो ।

प्रकाशित मिति : ३ जेष्ठ २०७८, सोमबार  ९ : ५९ बजे

सम्पत्ति शुद्धीकरण मुद्दामा न्यौपानेलाई तीन वर्ष कैद

काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ

आज राति कोसी, बागमती, लुम्बिनी, मधेस र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हावाहुरीको सम्भावना

काठमाडौं । आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित

गौशालामा आहारा खुवाएर बुटवल उपमहानगर कर्मचारी एशोसिएसनले मनायो २७ औँ स्थापना दिवस

बुटवल । शिवनगर सामुदायीक वनमा नन्दिनी गौशालामा रहेका गाई/गोरुहरुलाई आहारा

प्रधानमन्त्रीद्वारा मर्स्याङ्‍दी–काठमाडौं प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको उद्घाटन

काठमाडौं । मर्स्याङ्‍दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत काठमाडौ

नेपालगन्जका संस्थागत विद्यालयलाई हरेक बर्ष भर्ना शुल्क लिन रोक, एसी र परिचय पत्रको शुल्क लिन पाइने

नेपालगन्ज । नेपालगन्जमा संचालनमा रहेको निजी बिद्यालयहरुले मनोमानी चर्को शुल्क