६ बैशाख २०८१, बिहिबार | April 18, 2024

हामी स्वास्थ्यकर्मी आफनो पीर मर्का भुलेर सेवामा लागेका छौ : ईन्द्र राई, सिनियर पारामेडिक



लुम्बिनी प्रादेशिक अस्पताल अहिले कोभिड संक्रमित बिरामीहरुको चाप हुने अस्पतालमा पर्दछ । अस्पताल ब्यवस्थापनले बिरामीहरुको चापलाई मध्येनजर गरि ईमेरजेन्सी कक्षलाई कोभिड बिरामीहरुको उपचार गर्ने ब्यवस्था गरिएको छ । यसैगरी फिभर क्लिनिक, स्वाव टेष्ट लगायतको ब्यवस्थापन गरिएको छ । कोभिड १९ को विपद आईलाग्दा अस्पतालमा आवश्यक बेड, स्वस्थ्यकर्मी, अक्सिजनको ब्यवस्थापनमा चुनौती देखिएको छ । अस्पतालको आकस्मिक कक्षमा आउने बिरामीहरुसंग प्रत्यक्ष सम्पर्कमा रहेर आवश्यक सेवा दिईरहेका वरिष्ठ पारामेडिक ईन्द्र राईसंग उपचार, ब्यवस्थापन र चुनौतीका बारेमा खबरकुराका लागि गरिएको कुराकानीको अंश ।

अस्पतालमा कोभिड १९ सक्रमित बिरामीको चाप कस्तो छ ?

अघिल्लो वर्षको तुलनामा यसपटक कोभिड संक्रमणको स्वरुप भयाभव बनेको छ । आम नागरिकमा कोभिड १९ सम्बन्धि सचेतनाको कमी भएको देखिन्छ । यसैगरि कतिपयले हेल चेक्रराई गर्दा पनि समस्या झन बढेको छ । विशेषगरि भारतबाट फर्केका नेपालीहरुको कोभिड परिक्षण बिना प्रवेश गराउदा अहिले सबैभन्दा ठुलो समस्या भोग्नुपरेको छ । धेरै सक्रमितहरु अन्तिम अवस्थामा अस्पतालमा पुगेर बेड खोज्ने गर्नुहुन्छ । कोभिड संक्रमितको आफनै गाउठाउमा रहेका हेल्थपोष्ट, क्लिनिक वा अस्पताल भर्ना नलिदा पनि अहिले प्रादेशिक अस्पतालमा चाप निक्कै बढेको छ ।

कोभिड संक्रमितको उपचार कसरी ब्यवस्थापन भएको छ?

हामीले फिभर क्लिनिक चलाएकाछौ । सामान्य बिरामीहरु जो कफ टेष्ट लेस, स्मेल लेस भएका र ज्वरो १०० डिग्री भन्दा कम भएका, स्वासप्रश्वासमा समस्या नआएका बिरामीलाई जाच गरेर घरमै आईसोलेट भएर सिम्टोमेटिक ओरल मेडिसिन र भिटामिनहरु खान सुझाव दिन्छौ । असामान्य बिरामी जस्तै स्वासप्रस्वासमा समस्या आएका, ज्वरो १०१ देखि १०२ भन्दा माथि भएका र पुराना रोग जस्तै बिपि, सुगर, थाईराईड, क्यान्सर का बिरामीलाई भर्ना गरेर अक्सिजन लेभर समेत ९० भन्दा कम भएमा ओरल एन्टिवायटिक्स र सिम्टोमेटिक ओरल मेडिसिन र अक्सिजन दिएर उपचार गरिएको छ ।

इमरजेन्सी कक्षमा धेरै बिरामीका आफन्तहरु बेड नपाएको गुनासो गरिरहेका छन, यो किन समस्या भैरहेको छ ?

कोभिड १९ को दोस्रो लहर आउदै छ भन्ने जानकारी हुदाहुदै यसको तयारीमा हामी चुकेका छौ । यो एउटा विपदका रुपमा देखापर्यो । ईमेरजेन्सी वार्डमा भएका ३५-४० बेड पहिले नै बिरामीले भरिएको अवस्था छ । तैपनि अक्सिजन पुर्याउन नसकेको अवस्थाका बेड फुल भएपछि अरु बिरामीको उपचारका लागि भुइृमा राखेर भएनी उपचार गरिहेको छौ । अक्सिजन आफै ल्याएर हुन्छ की कसरी हुन्छ, जसोतसो गरि उपचार निरन्तर दिईरहेका छौ । विपदको अवस्था भएकाले पनि चाप कम भएको छैन । मुख्य गरि बाहिर नीजि अस्पतालले कोभिड संक्रमितहरु लिन नमानेका कारण पनि अहिले समस्या भएको छ ।

अहिले दैनिक कति बिरामी भर्ना भएका छन ? कति उपचार पाएका छन?

अस्पतालमा आएको सबैजसो बिरामीहरुले उपचार पाएका छन । विशेष गरि कोभिड संक्रमितहरुलाई अक्सिजन आवश्यक पर्ने अवस्थाका बिरामी धेरै आउदा यहा उपचारमा कठिनाई भएको छ । पर्याप्त अक्सिजन पाउन सकिएको छैन । अक्सिजन सहज रुपमा पाईएको अवस्था भए उपचारमा सहजता आउने थियो । अस्पताल प्रशासनले समन्वय गरेर अक्सिजनको सकेसम्मको ब्यवस्थापन गरिरहेको छ । कति बिरामीहरु घर राख्न नसक्ने अवस्थाका हुनुहुन्छ उहाहरुलाई आफै अक्सिजन ल्याएर भएपनि आवश्यक उपचार गरिरहेका छौ । अस्पतालले थेग्नेभन्दा बढी बिरामीहरुको चाप छ ।

अहिलेको तपाईहरुकलाई मुख्य चुनौती के छ ?

अहिलेको मुख्य चुनौती भनेकै अक्सिजनको अभाव हो । यसबाहेक यो विपदको अवस्था भएकाले सामान्य समयभन्दा बेडको कमी छ । स्वस्थ्यकर्मीहरु (चिकित्सक, नर्स, एचए) हरुको समेत अभाव छ । यो अवस्थामा सरकारले नीजि अस्पताललाई समेत कोभिड अस्पतालका रुपमा उपचार शुरु गरेको भए थोरै भएपनि सहजता आउने देखिन्छ ।

अस्पतालमा अक्सिजन नपाएको बिरामीका आफन्तहरुको गुनासो धेरै छ, किन?

अहिले दोस्रो चरणमा कोभिड संक्रमण भएका बिरामीहरुलाई अक्सिजन अनिवार्य दिनुपर्ने अवस्थाका धेरै छ । नेपाल अधिराज्यभर नै अक्सिजनको अभाव छ । बाहिर जिल्लाबाट अक्सिजन ल्याएर केही भएपनि समस्या समाधान भैरहेको छ । रुपन्देहीमा ३ वटा उद्योगबाट उत्पादन हुने अक्सिजन जिल्लालाई पर्याप्त छैन । सरकार जनताप्रति जिम्मेवार बन्नुपर्ने अवस्था आएको छ । छिटोभन्दा छिटो अक्सिजनको स्थाई समस्या समाधानतर्फ सरकार लाग्नुपर्ने देखिन्छ ।

घरमै बसेका कोभिड संक्रमितहरुलाई कस्तो सुझाव दिनुहुन्छ ?

घरमै बसेका कोभिड बिरामीहरु बिशेष सावधानी अप्नाउनुपर्छ । सक्रमित भएपछि आईसोलेसनमा बस्ने, चिकित्सकको सल्लाह अनुसार ओरल मेडिसिन लिने, कम्तीमा ६-६ घण्टामा तापक्रम र अक्सिजन मापन गर्ने, प्रेसर, सुगरका बिरामीहरुले आफनो नियमित औषधी सेवन गर्ने जस्ता सावधानी अप्नाएमा यो रोगलाई जित्न सकिन्छ । यदि निमोनिया समेत देखिएको खण्डमा नियमित चिकित्सकको निर्देशनमा औषधी लिने, सुगर र विपीको जाच गर्नुपर्छ । यदि अक्सिजन मापन गर्दा घटबढ हुने र समस्या देखिएमा अस्पताल भर्ना भएर नशाबाट नै मेडिसिन चलाउनुपर्छ । यसैगरि सामाजिक दुरी र बिरामीसंग धेरै आफन्तहरु दुरी कायम गर्ने गर्नुपर्दछ ।

घरमा कसरी सुरक्षित हुने ? कस्ता सावधानीहरु अप्नाउनुपर्दछ ?

बिरामीसंग धेरै नजिक नहुने, एक जना स्वस्थ्य मान्छेले मात्र नजिक गएर हेर्ने, डबल मास्क लगाउने, ग्लोब्स र सेनिटाईजर को प्रयोग गर्ने, सामाजिक दुरीमा बस्ने, अति आवश्यक नभएसंग घरबाट ननिस्कने, चिकित्सकको सल्लाह अनुसार नै औषधी सेवन गर्नुपर्दछ ।

प्रकाशित मिति : ३ जेष्ठ २०७८, सोमबार  ११ : ४६ बजे

अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि

क्यानबेरा । पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अष्ट्रेलियाको बेरोजगारी दर

एन्फाका उपाध्यक्ष लामा छुटे

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा

जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव बरामद

धनुषा । जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको

भोलि मनकामना केबलकार बन्द हुने

चितवन । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द

सुदूरपश्चिममा एकीकृत समाजवादीको प्लान बी !

धनगढी । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्री दाबी गर्न