७ आश्विन २०८३, बुधबार | September 23, 2026

माओवादी पृष्ठभूमिका नेता–कार्यकर्तालाई एकताको भावनाअनुसार व्यवस्थापन : पोखरेल



काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा ९एमाले० का स्थायी कमिटी सदस्य शंकर पोखरेलले माओवादी आन्दोलनसँग जोडिएका नेता–कार्यकर्तालाई पार्टी एकताको भावनाअनुसार नै एमालेमा सहजरुपमा व्यवस्थापन गगरिनुपर्ने बताएका छन् ।

मदन भण्डारी र जिवराज आश्रितको २८औँ स्मृति दिवसका अवसरमा आज मदन भण्डारी फाउन्डेशनद्वारा भर्चुअलरुपमा आयोजित ‘समकालीन विश्व परिस्थिति र माक्र्सवादको सान्दर्भिकता’ विषयक जननेता भण्डारीको कोलकोतामा प्रस्तुत कार्यपत्र ९पुस्तक० मा आधारित अन्तरक्रियामा पोखरेलले एमालेभित्रको विवादको समाधान कार्यदलमार्फत हुने स्पष्ट गरे ।
विवाद समाधान कार्यदलका सदस्य समेत रहेका पोखरेलले माओवादीबाट एमालेमा आएका नेता कार्यकर्तालाई एकताको भावअनुसार समायोजन गरिने बताए ।

पोखरेलले ‘जनताको बहुदलीय जनवाद’ को मार्गदर्शनमा रहेर यसलाई अझ विकास गर्दै समृद्धिको यात्रामा पार्टी र सरकारको नेतृत्व सफल हुने विश्वास व्यक्त गरे। विश्वमा क्रान्तिपछिको रुपान्तरणमा समाजवादी पार्टीमा अलमल देखिने भए पनि नेपालका सन्दर्भमा उपयुक्तरुपमा क्रान्तिका कार्यभार पूरा गर्न जबज सार्थक रहेको उनले टिप्पणी गरे ।

“एकैपटक समाजवादी कार्यक्रम कि पूँजीवादी क्रान्तिको उपचरण हुँदै समाजवादको यात्रा भन्ने सन्दर्भमा कम्युनिष्ट आन्दोलनमा हाल दुईथरी धारणा देखिए पनि राष्ट्रिय अर्थतन्त्रको विकास गर्दै क्रमशः समाजवादमा जाने वर्तमान सरकारको सोच र कार्यक्रम उपर्युक्त छ”, उनले भने, “एमाले संशोधनवादको विरोधी पार्टी हो तर हामी उग्र क्रान्तिकारितामा पनि विश्वास गर्दैनौँ ।”

कार्यक्रममा एमालेका नेता युवराज कार्कीले जनताको अभिमत लिएर शासन गर्ने र पार्टीलाई लोकतान्त्रिक ढङ्गले सञ्चालन गर्न सकेमा जबजको विचारको सम्मान हुने बताए ।

फाउन्डेशनका केन्द्रीय सदस्य टीकाप्रसाद ढकालले माक्र्सवादी विचार र समाजवादी आन्दोलन विश्वबाट समाप्त हुँदैछ भन्ने पूँजीवादीको मतलाई भण्डारीले उक्त पुस्तकबाट विश्वसामु नै सशक्त वैचारिक प्रतिकार गरेको बताउनुभयो । फाउन्डेशनका सचिव पेम्बा लामाले जननेता भण्डारीका विचारलाई समयसापेक्ष विचारका रुपमा स्थापित गर्न बौद्धिक जगतमा अध्ययन र छलफल निरन्तर सञ्चालन गर्ने जनाए ।

प्रकाशित मिति : ३ जेष्ठ २०७८, सोमबार  १२ : ०० बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई